शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा घर भत्किदा एक जनाको मृत्यु

बिहीबार, २५ भदौ २०७७, ०९ : ४१
बिहीबार, २५ भदौ २०७७

बुटवल – पाल्पा जिल्लाको बगनासकालीमा गयराती घर भत्किदा पुरिएर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका  अनुसार बगनासकाली ७, खानीगाउँकी कान्तिसरा कनौजेको घर भत्किएर सुतिरहेका छोरा २२ वर्षका सुमन कनौजेको ज्यान गएको हो ।

सुमनलाइ घर भत्किएर च्यापिएपछि स्थानीय बासिन्दाले निकालेपछि उपचारका लागि युनाइटेड मिसन अस्पतालमा उपचारका लागि ल्याएका थिए । 

तर सुमनको उपचारको क्रममा चिकित्सवले मृत घोषणा गरेको प्रहरीले जनाएको छ  । उक्त पहिरोमा दुई बटा भैसी  समेत पुरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप