शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

२६ वर्षकी टिभी अभिनेत्रीद्वारा आत्महत्या, परिवारले लगाए उत्पीडनको आरोप

बिहीबार, २५ भदौ २०७७, ०८ : १८
बिहीबार, २५ भदौ २०७७

आन्ध्रप्रदेशमा तेलुगु टिभी धारावाहिककी एक अभिनेत्रीले आफ्नो घरमा आत्महत्या गरेकी छिन् । आन्ध्रप्रदेशकी मूल निवासी श्रावसी (२६) लाई मंगलबार कोठाको सिलिङमा पङ्खामा झुण्डिएको अवस्थामा भेटिएको हो ।

उनलाई झुण्डिरहेको अवस्थामा भेटेपछि परिवारले उनलाई अस्पताल पुर्याए पनि उनलाई डाक्टरले मृत घोषित गरेका थिए । प्रहरीका एक अधिकारीले बताए अनुसार अभिनेत्रीलाई काकिनाडाका एक व्यक्तिले तनाव दिइरहेका थिए जसका कारण अभिनेत्री आत्महत्या गर्न बाध्य भएको आमाबुवाले आरोप लगाएका छन् ।

अधिकारीका अनुसार मंगलबार राती आफ्नो आमा–बुवासँग कुरा गरेपछि श्रावणी कोठामा गएकी थिइन् । जब उनी बाहिर निस्किइनन् तब परिवारका सदस्यले ढोका ढक्ढकाए, भित्रबाट केही जवाफ नपाउँदा उनीहरु कसैगरी कोठाभित्र जाँदा उनलाई झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

श्रावणीले थुप्रै टेलिभिजन धारावाहिकमा अभिनय गरेकी छिन् र तीमध्ये केहीमा उनको काम पनि भइरहेको थियो । उनका आमाबुवाले अभिनेत्रीसँग परिचित काकीनाडाका एक व्यक्तिमाथि आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै मुद्दा दर्ता गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप