मोवाइल चार्जमा राख्ने क्रममा चट्याङ लागेर मृत्यु
बिहीबार, २५ भदौ २०७७, ०७ : ५५
चट्याङले लागेर बागलुङको ताराखोलामा गएराति एक युवाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउकोमा गहिरो चोट लोका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएराति नै मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामिले बताए । चट्याङके उनको घरमा पारेको थप क्षतिको विषयमा अनुसन्धान भैरहेको छ । युवाको शवलाई पोष्टमार्टमपछि आज परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना