बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पले कोरोनाको खतरालाई जानीजानी कम गरेर देखाएको किताबमा दाबी

बिहीबार, २५ भदौ २०७७, ०७ : ४२
बिहीबार, २५ भदौ २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई यो कुरा राम्रोसँग थाहा थियो कि कोरोनाभाइरस फ्लूको तुलनामा अत्यधिक खतरनाक छ तर उनले जानीजानी यो महामारीको प्रकोपलाई कम गरेर देखाए ।

अमेरिकामा छापिएको एक नयाँ किताबमा यस्तो दाबी गरिएको छ ।

किताब लेख्ने व्यक्ति हुन् ७० को दशकमा वाटरगेट सक्यान्डललाई उजागर गर्ने पत्रकार तथा लेखक बब वुडवर्ड ।

बब वुडवर्डको दाबी अनुसार उनले सन् २०१९ डिसेम्बर देखि सन् २०२० जुलाईसम्म ट्रम्पको १८ पटक अन्तरवार्ता लिएका छन् ।

किताबमा दाबी गरिए अनुसार अमेरिकामा कोरोनाको पहिलो मृत्यु हुनु अघि नै उनले कोरोना एक घातक रोग भएको जानकारी दिएका थिए ।

किताबमा प्रतिक्रिया दिँदै ट्रम्पले कोरोनाको विषयमा मानिसहरुबीच कोकोहोलो मच्चियोस् भनेर आफूले नचाहेको बताए ।

अमेरिकामा हालसम्म कोरोनाका कारण १ लाख ९० हजारको ज्यान गइसकेको छ ।

बुधबार केही अमेरिकी मिडियाले ट्रम्प र बब वुडवर्डबीच भएको कुराकानीका केही अंश छापे जसमा ट्रम्प कोरोना महामारी, जातीवाद र अन्य मुद्दामा के सोच्छन् भनेर लेखिएको छ ।

बब वुडवर्डको यो किताब ‘रेन्ज’ सेप्टेम्बर १५ देखि आधिकारिक रुपमा बजारमा आउनेछ ।

किताबमा ट्रम्प र कोरोनाबारे के भनिएको छ ?

ट्रम्पले स्पष्ट रुपमा कोरोना कति खतरनाक छ र यसबारे उनलाई राम्रोसँग थाहा भएको बताएका थिए तर उनले सार्वजनिक रुपमा कहिले पनि यस्तो भनेनन् ।

फेब्रुअरीमा भएको यो कुराकानीको क्रममा ट्रम्पले वुडवर्डलाई कोरोना फ्लूभन्दा पनि घातक भएको बताएका थिए ।

ट्रम्पले ७ जनवरीमा भएको कुराकानीको क्रममा भनेका थिए, ‘यो हावामार्फत् फैलन्छ । तपाईंले यो छुनै पर्दैन । तपाईं सास फेर्नुहोस्, यो आपत् आइलाग्छ । यो फ्लूभन्दा खतरनाक र घातक छ ।’

फेब्रुअरीकै महिनामा ट्रम्पले भाइरस पूर्ण रुपमा नियन्त्रणमा भएको र चाँडै नै कोरोना संक्रमितको संख्या शून्य बराबर हुने बताएा थिए । र उनले सार्वजनिक रुपमा कोरोनाभन्दा फ्लू खतरनाक छ ।

१० मार्चमा उनले राजधानी वासिङ्टनमा भनेका थिए, ‘तपाईं शान्त मात्र रहनुहोस् । यो (कोरोना) यत्तिकै जानेछ ।’

९ दिनपछि जब अमेरिकामा कोरोना महामारीलाई राष्ट्रिय आपतकाल घोषणा गरियो तब ट्रम्पले वुडवर्डसँग भनेका थिए, ‘म सधैं नै यसलाई (कोरोना) कम गरेर देखाउन चाहन्थेँ । म अहिले पनि यसलाई कम गरेर नै बताउन चाहन्छु किनभने म चाहन्नँ कि मानिसहरुमा डर फैलिओस् ।’

ह्वाइट हाउसको प्रतिक्रियाः

बुधबार पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, ‘म चाहन्नँ कि मानिसहरु डराउन्, म चाहन्नँ कि मानिसहरुबीच कोकोहोला मच्चियोस् । हामीहरु आत्मविश्वास देखाउन चाहन्छौं, आफ्नो शक्ति देखाउन चाहन्छौं ।’

किताबको आलोचना गर्दैै ट्रम्पले भने, ‘वुडवर्डको किताब राजनीतिक रुपमा ममाथि हमला हो ।’

किताब बारे सोधिएको प्रश्नको जवाफ दिँदै ट्रम्पकी प्रेस सचिव केले म्याकएनानीले भनिन्, ‘राष्ट्रपतिले कहिले पनि कोरोनाभाइरसको खतरालाई कम आँकेका छैनन् । राष्ट्रपतिले मानिसहरुलाई ढाढस दिन चाहन्छन् । राष्ट्रपति यसका लागि निकै गम्भीर थिए ।’

ट्रम्पका चुनावी प्रतिद्वन्द्वी जो बाइडनले ट्वीट गरेर भने, ‘जब एक घातक भाइरसले हाम्रो देशलाई ध्वस्त पारिरहेको थियो राष्ट्रपतिले जानीजानी आफ्नो काम गर्न विफल रहे । यो अमेरिकीहरुमाथि धोका हो जुन जीवन र मृत्युको प्रश्न हो ।’

बाइडनका अनुसार ट्रम्पले दुई हप्ता अघि मात्रै कारवाही गरेको भए मार्च र अप्रिलमा मात्रै ५४ हजार मानिसहरुको ज्यान बचाउन सकिन्थ्यो । तर राष्ट्रपतिले खतरालाई कम देखाए र कारवाही गर्न अस्विकार गरे जसका कारण मानिसहरुको ज्यान गयो र हाम्रो अर्थव्यवस्थामा पनि क्षती पुग्यो ।

बाइडनले यसलाई पूर्ण रुपमा गलत भएको बताउँदै यसलाई कहिले पनि उचित ठहर गर्न नसक्ने बताए । -बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप