यसकारण गलत आउन सक्छ कोरोना परीक्षणको नतिजा
एजेन्सी । वैज्ञानिकहरुको बुुझाईमा मानव शरीरमा कोरोना परीक्षण प्रक्रिया निकै जटिल छ । यस दौरान पहिले भएको संक्रमणको मृत भाइरस वा त्यसको टुक्रा पनि भेटिनसक्छ । उनीहरुकाअनुसार कोरोन भाइरसबाट मानिस एक हप्तासम्म संक्रमित हुनसक्छ, तर यसपछि पनि धेरै सातासम्म उसको परीक्षण नतिजा पोजेटिभ आइरहनसक्छ । कोरोना परीक्षणका लागि भरोसायुक्त जाँचको तरिका कसरी निकाल्ने ? जहाँ संक्रमणका हरेक घटना दर्ता हुन सकोस् । वैज्ञानिकहरुका अनुसार यो अहिलेसम्म तय भएको छैन ।
शोधकर्ता प्रोफेसर कार्ल हेनेगनकाअनुसार परीक्षणको नयाँ विधीमा भाइरस भेटिएको वा नभेटिएको होइन, बरु कट–अफ पोइन्ट अर्थात् एक निश्चित बिन्दुमा जोड दिइनुपर्छ । जसकारण, निश्चित परिमाणभन्दा कम भाइरस देखिदाँ नतिजा नेगेटिभ आओस् । ‘अस्पताल जाने मानिसहरुको संख्या कम भइरहँदा पनि संक्रमणको मामिला किन लगातार बढिरहेको छ ? परीक्षणमा पुरानो भाइरसको अंश वा टुक्रा भेटिँदा यस्तो किन भएको छ भनेर बुुझ्न सहज बनाएको छ,’ हेनेगन भन्छन् ।
अक्सफोर्ड विश्वविद्यालयको सेन्टर अफ एभिडेन्सले यसबारे २५ अध्ययनबाट मिलेको प्रमाणहरुको समीक्षा गरेको छ । यसक्रममा पोजेटिभ परीक्षणमा भेटिएको भाइरसको नमुनालाई पेट्री डिसमा हालेर भाइरसको संख्या बढ्छ वा बढ्दैन भनेर हेरिएको थियो । यस विधीलाई वैज्ञानिकहरु ‘भाइरल कल्चरिङ’ भन्छन् । यस्तो गर्दा आफ्नो संख्या बढाउन सक्षम सक्रिय भाइरस वा प्रयोगशालामा संख्या वृद्धी गर्न नसक्ने मृत भाइरसको टुक्रामध्ये के भेटियो भन्ने थाहा हुन्छ ।
कोभिड–१९ को परीक्षण कस्तो हुन्छ ?
पिसिआर स्वाब परीक्षणलाई कोरोना भाइरस परीक्षणको एक प्रभावकारी विधि मानिन्छ । यसअन्तर्गत पहिले केमिकलको प्रयोगबाट भाइरसको जेनेटिक मेटेरियललाई पहिचान गर्ने प्रयास गरिन्छ र त्यसपछि यसबारे अध्ययन हुुन्छ । पर्याप्त भाइरस भेटिनुभन्दा पहिले प्रयोगशालामा कयौं चक्र भएर परीक्षण नमूना गुज्रनुपर्छ । कतिपटक भाइरस बरामद गरिन्छ भन्ने विषयले शरीरमा कुन मात्रामा भाइरस छ भन्ने बताउँछ ।
भाइरसको अंश छ या पुराका पुरा भइरस छ, त्यो बताउँछ । यसले शरीरमा भएको भाइरस कति संक्रामक छ भन्ने पनि संकेत गर्छ । भनिन्छ, यदि परीक्षणको समय भाइरस भेट्न धेरै कोसिस गरिएको छ भने त्यो भाइरस प्रयोगशालामा वृद्धि हुने सम्भावना कम हुन्छ ।
गलत परीक्षण नतिजाको जोखिम
तर, जब तपाईको परीक्षण हुन्छ, तब प्राय पोजेटिभ र नेगेटिभमा जवाफ मिल्छ । नमुनामा भाइरसको मात्रा कति छ र संक्रमण सक्रिय छ वा छैन ? परीक्षणबाट यो पत्तो लाग्दैन । ठूलो मात्रामा सक्रिय भाइरस भएका व्यक्तिमात्रै होइन, शरीरको नमूनामा मृत भाइरसको टुक्रामात्रै भेटिएका व्यक्तिको परीक्षण नतिजा पनि पोजेटिभ नै आउँछ ।
प्रोफेसर हेनेगन ती व्यक्तिमध्ये एक हुन्, जसले कोरोनाबाट भइरहेको मृत्युको आँकडा कसरी दर्ता गरिदैंछ भन्ने अध्ययन गरिरहेका छन् । यहि अध्ययनका आधारमा पब्लिक हेल्थ इङल्यान्डले तथ्याङ्क राख्ने आफ्नो तरिका सुधारिरहेको छ । हेनेगनको बुुझाईमा अहिलेसम्म मिलेको तथ्यअनुसार कोरोना भाइरसको संक्रमणको असर एक हप्तापछि स्वतः कम हुन थाल्छ ।
उनका अनुसार परीक्षण गरिएका हरेक नमुनामा सक्रिय भाइरस भेटियो वा भेटिएन भनेर हेर्न सम्भव हुँदैन । यस्तामो यदि वैज्ञानिक परीक्षणमा भाइरसको मात्रालाई लिएर कुनै कट–अफ मार्कको पहिचान गर्न सकियो भने गलत पोजेटिभ नतिजा आउने दर कम गर्न सकिन्छ ।
यसबाट पुरानो संक्रमणको घटनामा पोजेटिभ नतिजा आउने दरमात्रै होइन, कुल संक्रमणको आँकडा पनि कम हुनेछ । प्रोफेसर हेनेगन भन्छन्, ‘यसबाट धेरै त्यस्ता मानिसलाई सहयोग मिल्नेछ जो परीक्षणपछि बिना आधार आफैंलाई क्वारेन्टाइन गरिरहेका छन् । कोरोना महामारीको विद्यमान वास्तविक स्थितिलाई बुझ्ने पनि यसबाट सहयोग मिल्नसक्छ ।’
कोरोना भाइरस परीक्षणको सही नतिजा भाइरल कल्चरमार्फत मिल्नसक्छ भन्ने पब्लिक हेल्थ इङल्यान्डको मान्यता छ । संगठनकाअनुसार अहिले यस दिशामा विश्लेषण गर्ने काम पनि भइरहेको छ र गलत पोजेटिभ नतिजाको जोखिमबाट बच्नका लागि अध्ययन भइरहेको छ । परीक्षणका लागि कट अफ प्वाइन्ट कसरी तय गर्न सकिन्छ ? यस विषयमा पनि काम भइरहेको छ ।
संगठनकाअनुसार धेरै फरक तरिकाका परीक्षण किट प्रयोगमा आइरहेकाले यी किट्सको प्रयोगबाट मिल्ने नतिजालाई अलग–अलग तरिकाले बुुझाउने गरिन्छ, जसकारण एक निश्चित कट–अफ प्वाइन्टमा पुुग्न मुस्किल छ । तर, रिडिङ विश्वविद्यालयका प्रोफेसर बेन न्युुम्यानका अनुसार बिरामीको नमुनालाई कल्चर गर्नु सहज काम पक्कै होइन ।
मार्च महिनामा कोरोना भाइरसबाट अति प्रभावित इटलीको एमिलिया–रोमाग्नामा काम गरेका महामारी विशेषज्ञ प्रोफेसर फ्रान्सेस्को वेन्टुरेली भन्छन्, ‘कोरोनाबाट ठिक भइसकेपछि कति समयसम्म भाइरस संक्रामक रहनसक्छ भन्ने निश्चित छैन ।’ उनका अनुसार भाइरल कल्चरबारे गरिएका केही अध्ययनअनुसार झन्डै १० प्रतिशत मानिसमा संक्रमणबाट निको भएको आठ दिनपछि पनि भाइरस पाइएको थियो ।
उनका अनुसार कोरोना महामारीको उत्कर्ष बेलायतभन्दा पहिले इटलीमा थियो । ‘यहाँ धेरै हप्तासम्म हामीले कोरोना संक्रमणको मामिलालाई वास्तविकताभन्दा धेरै आँकलन गरिरहेका थियौं । यस्तो यसकारण किनकि जो मानिस पहिले संक्रमित भएका थिए ।
निको भइसकेपछि पनि उनीहरुको नतिजा पोजेटिभ आइरहेको थियो,’ उनी भन्छन् । तर, जब महामारीको उत्कर्ष कम हुँदै जान थाल्छ, तब यो स्थिति पनि सुध्रदैं जान्छ । लण्डनको इम्पेरियल कलेजका प्रोफेसर ओपेन शा भन्छन्, ‘पिसिआर परीक्षण शरीरमा बचेको भाइरसको जेनेटिक मेटेरियलको पहिचान गर्ने निकै संवेदनशील तरिका हो । यो परीक्षण कोरोना भाइरसको संक्रामकताको प्रमाण हुँदै होइन ।’ चिकित्सकहरु संक्रमणको १० दिनपछि मानिसको शरीरमा भाइरस संक्रामक रहिरहने सम्भावना निकै कम रहेको बताउँछन् ।
यसबारे बीबीसी स्वास्थ संवाददाता निक ट्रिगलको टिप्पणी यस्तो छ-
महामारीको सुुरुवातदेखि नै वैज्ञानिकहरु भाइरस परीक्षणसँग सम्बन्धित यस कठिनाईबारे जानकार छन् । बाहिर आइरहेको कोभिड–१९ संक्रमितको संख्या किन सही छैन भनेर यसले दर्शाउँछ । तर के फरक पर्छ ? महामारीको सुरुवातमा संक्रमित संख्या कम उपलब्ध थियो र समय गुुज्रिएसँगै बढ्दै गयो । परीक्षण र आर नम्बरलाई लिएर ठूलो मात्रामा आइरहेको जानकारीले अहिले दुविधा बढाएको छ । तर, यो कुरा साँचो हो कि पुरै बेलायतमा देखिएको कोरोना संक्रमितको संख्या धेरै युरोपेली देशको तुलनामा कम छ ।
जहाँसम्म बेलायतमा स्थानीय स्तरमा संक्रमण फैलने कुरा छ, मोटामोटी रुपमा हामी यो भन्नसक्छौं कि त्यसलाई रोक्न हामी सफल भएका छौं । र, गर्मी आएको अनि लकडाउन समेत खुुकुलो भइरहेको अवस्थामा यस्तो भएको छ । तर अब अगाडि के हुन्छ ? यो सबैभन्दा ठूलो सवाल हो ।
जाडो आउनेवाला छ र स्कुलमा बच्चाहरुको पढाई सुरु हुँदैछ । बेलायतका स्वास्थ्यकर्मी अहिले हाम्रो देश अहिले मजबुत स्थितिमा रहेको ठान्छन् । यस्तो लागिरहेछ कि आउने महिनाहरुमा संक्रमणमा धेरै घटनाबाट अब बच्न सकिन्छ । तर यसबारे सरकार र मानिसहरु सावधान पनि छन्, किनकी यसलाई गम्भिरताका साथ नलिँदा महामारीको अर्को क्रम सुरु हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, कुनको मूल्य कति ?
-
प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट उद्योग सञ्चालन
-
भरतपुर अस्पतालमा ‘निलो रूख’
-
अमेरिकी राष्ट्रपति निर्वाचन : मतदान केन्द्रहरूमा बम बिष्फोटको धम्की
-
यसरी हुँदैछ अमेरिकी राष्ट्रपतिको चुनाव, तस्बिरहरू हेर्नुहोस्
-
ट्रम्पले फ्लोरिडाबाट गरे मतदान