शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ ओली–प्रचण्डले स्थायी समितिमा पेश गर्ने प्रस्ताव (पूर्णपाठसहित )

एकताको भावनाअनुरुप सहमतिका साथ महाधिवेशन गरिने
बुधबार, २४ भदौ २०७७, २२ : १६
बुधबार, २४ भदौ २०७७

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिमा पेश गर्ने प्रस्तावलाई अन्तिम रूप दिएका छन् । बुधबार दुई नेताबीच भेटवार्ता गरेर प्रस्तावलाई अन्तिम रुप दिएका हुन् । भदौ ६ गते कार्यदलले बुझाएको प्रतिवेदनलाई केही परिमार्जन गरेर अध्यक्षद्वयले स्थायी समितिमा पेश गर्ने प्रस्तावलाई अन्तिम रुप दिएका हुन् । 

प्रस्तावमा ओली–प्रचण्डको भूमिकालाई थप प्रष्ट पारिएको छ । जसमा प्रतिनिधिसभाको यो कार्यकालभरी ओलीले प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारको नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने तथा प्रचण्डले पार्टीको पूर्ण नेतृत्व गर्ने उल्लेख छ । 


यसरी हुन्छ महाधिवेशन 
ओली प्रचण्डले अन्तिम रुप दिएको प्रस्तावमा आगामी चैत २५ देखि ३० सम्म एकताको महाधिवेशन गर्ने उल्लेख छ । एकताको भावना एवम् मर्म अनुरुप सहमतिका साथ महाधिवेशन सम्पन्न गर्ने उल्लेख गरिएको छ भने महाधिवेशनसँग सम्बन्धित अन्य प्रक्रिया पार्टी विधान बमोजिम अवलम्बन गर्ने प्रस्तावमा उल्लेख गरिएको छ । 

महाधिवेशनबाट पार्टीका नीति, विचार, विधि, पद्धति एवम् नेतृत्व सुनिश्चित गर्ने र पार्टी एकतालाई सुदृढ तुल्याउने भनिएको छ । यस्तै विचार, नीति तथा विधिलाई महाधिवेशन तयारीको महत्त्वपूर्ण विषयका रुपमा ग्रहण गर्ने र तदनुरुप मस्यौदा दस्तावेजहरु तयार गर्ने भनिएको छ । मस्यौदा दस्तावेजहरु तयार भएसँगै वैचारिक, नीतिगत तथा विधिगत विषयमा पार्टीव्यापी बहस, छलफल सञ्चालन गर्ने प्रस्तावमा उल्लेख छ । यस्तै महाधिवेशनबाट मार्क्सवाद–लेनिनवादको मार्गदर्शनमा नेपाली विशेषता अनुरुप नेपाली कम्युनिष्ट आन्दोलनले विकसित गरेका अनुभव तथा मौलिक एवम् सृजनात्मक सिद्धान्तहरुलाई संस्थागत गर्ने जनाइएको छ । 
यस क्रममा साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा सञ्चालित शान्तिपूर्ण र सशस्त्र आन्दोलनका सकारात्मक वैचारिक पक्षहरुको संश्लेषण गर्ने प्रस्तावमा भनिएको छ । 

महाधिवेशन सम्बन्धी कार्ययोजना पारित गर्न कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने र उक्त बैठकमा केन्द्रीय सचिवालयबाट एकताको राष्ट्रिय महाधिवेशन आयोजनाको तयारीका लागि दस्तावेज मस्यौदा कमिटी, मूल ब्यवस्थापन कमिटी लगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिका लगायत समग्र कार्ययोजना प्रस्तुत गर्ने जनाइएको छ । 

केन्द्रीय कमिटीको बैठकले महाधिवेशनको कार्ययोजना सम्बन्धि प्रस्तावमा छलफल गरी आवश्यक निर्णय गर्ने, संगठन विभागको कार्ययोजनामा आगामी कार्तिक महिनाभित्र सम्बन्धित जिल्ला कमिटीहरुले पार्टीको संगठित सदस्यता विवरण अद्यावधिक गरी प्रदेश कमिटी हुँदै केन्द्रीय संगठन विभागमा पठाउने जनाइएको छ । मङ्सिर महिनाभित्र संगठित सदस्यता नवीकरण सम्पन्न गर्ने र प्रवास क्षेत्रमा पनि सोही अनुरुप गर्ने जनाइएको छ । 

यस्तो छ ओली–प्रचण्डको प्रस्तावको पूर्णपाठः 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप