हेटौंडामा बिहान ५ देखि दिउँसो ३ बजेसम्म पसल खुल्ने
बुधबार, २४ भदौ २०७७, २० : ४०
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले हेटौंडामा बिहान ५ देखि दिउँसो ३ बजेसम्म पसल खुलाउने निर्णय गरेको छ ।
बैठकले बिहान ५ देखि ९ बजेसम्म खाद्यान्न, तरकारी र दूग्धजन्य पदार्थका पसल र बिहान १० देखि दिउँसो ३ बजेसम्म अन्य पसल गरी दुई चरणमा पसल खुलाउने निर्णय गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपकराज नेपालले जानकारी दिए ।
उनका अनुसार उक्त बैठकले यही भदौं २६ गते शुक्रवारदेखि असोज ५ गतेसम्म लागुू हुनेगरी सो निर्णय गरेको हो । त्यस्तै, प्रशासनले बैंक तथा वित्तीय संस्था भने बिहान १० बजेदेखि ३ बजेसम्म खुलाउने, निजी सवारीलाई जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।
बैठकले होटल, रेष्टुरेन्ट, लज एवम् रिसोर्टबाट खाजा तथा खाना प्याकिङ बाहेकका अन्य सेवा पनि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति
-
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल