शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याक्सी चलाउन दिने निर्णय

बुधबार, २४ भदौ २०७७, १९ : १८
बुधबार, २४ भदौ २०७७

काठमाडौँ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठकले उपत्यकाभित्र १६ सिट क्षमतामाथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।  

साथै भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ वर्षमुनीका बालबालिका २ जना राखि चलाउन सकिनेछ । 

यस्तै निजी सवारीसाधनहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने पनि उपत्यकाका सीडीओहरुको संयुक्त बैठकपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचनामा उल्लेख छ । 

यसरी सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीसाधन सुरक्षा जोरबिजोरका आधारमा सञ्चालन हन पाउने छन् । तर मालबाहक सवारी साधनको हकमा भने जोरबिजोर लागू हुने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप