शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा जारी निषेधाज्ञा 'करिब अन्त्य', के–के गर्न पाइँदैन ?

बुधबार, २४ भदौ २०७७, १९ : १३
बुधबार, २४ भदौ २०७७

काठमाडौँ । उपत्यकामा जारी निषेधाज्ञा ‘करिब अन्त्य’ गरिएको छ । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गर्दै आएको भएपनि बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय गरेको हो । 

अघिल्लो साता पनि निषेधाज्ञामा केही हेरफेर भएकोमा बुधबार थप खुकुलो बनाइएको हो । जसअनुसार आज मध्यरातदेखि भदौ ३१ गते मध्यरातसम्मका लागि लागू हुने गरी विभिन्न निर्णय भएका छन् । जसअनुसार खुल्ला स्थानमा भिडभाड हुन, भेला हुन तथा जुलुस गर्न रोक लगाइएको छ भने नित्य पुजापाठ बाहेक धार्मिक स्थलमा अन्य गतिविधि सञ्चालनमा रोक लगाइएको छ । 

यस्तै भिडभाड हुने उद्योग कलकारखाना, व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरितका हुने क्रियाकलाप गर्न पनि निषेध गरिएको छ । यसैगरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सुरक्षा मापदण्ड विपरित श्रमिकको ओसारपसार गर्न, सभा, गोष्ठी, तालिम, सेमिनार सिनेमा हल, पार्टी प्यालेस, सैलुन ब्यूटी पार्लर, चिडियाखाना सञ्चालनमा पनि रोक लगाइएको छ ।

ट्याक्सी चलाउन दिने निर्णय
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकाभित्र १६ सिट क्षमतामाथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।  साथै भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ वर्षमुनिका बालबालिका २ जना राखि चलाउन सकिनेछ ।

यस्तै निजी सवारी साधनहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने पनि उपत्यकाका सीडिओहरुको संयुक्त बैठकपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा उल्लेख छ । यसरी सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधन सुरक्षित ढंगले जोरबिजोरका आधारमा सञ्चालन हुन पाउने छन् । तर मालबाहक सवारी साधनको हकमा भने जोरबिजोर लागू हुने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप