बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सन्दीपको बलिङ बरियता खस्कियो

बुधबार, २४ भदौ २०७७, १८ : ४३
बुधबार, २४ भदौ २०७७

लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किएका हुन् ।

नयाँ बरियतामा सन्दीप ८०औँ स्थानमा रहनुभएको छ । उहाँले कूल ३ सय ८९ रेटिङ अङ्क पाउनुभएको छ । यस अघि आईसीसीले सार्वजनिक गरेको बरियतामा उहाँ ७९ औँ स्थानमा रहनुभएको थियो । 

हाल क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा उनी ट्रिनिडाड एण्ड टोबागोमा रहेका छन् । उनले उक्त प्रतियोगितामा ११ खेलमा १२ विकेट प्राप्त गरेका थिए ।

यस्तै विश्व बलिङ बरियतामा अफगानिस्तानका राशिद खान र मुजिबउर रहमान क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । दुवै जना हाल सीपीएल खेलिरहेका छन् । सीपीएलमा राशिदले बार्बाडोसबाट तथा मुजिबउरले जमैकाबाट खेलेका थिए। यस्तै आईसीसीको बलिङ बरियतामा अष्ट्रेलियाका एस्टन अगर तेस्रो, दक्षिण अफ्रिकाका ताब्रेज सामी चौंथो तथा अष्ट्रेलियाकै  एडम जाम्पा पाँचौं स्थानमा रहेका छन् ।

यसैगरी आईसीसीले जारी गरेको ब्याटिङ बरियतामा नेपालका पूर्व कप्तान पारस खड्का ७०औँ स्थानमा रहेका छन् । उनको ४००  रेटिङ अङक छ । इंग्ल्यान्डका डाविड मालन टी २० ब्याटिङ बरियताको शीर्ष स्थानमा रहेका छन् । पाकिस्तानका बाबर आजम दोस्रो स्थानमा रहेका छन् ।

यस्तै टी २० बरियतामा नेपाल १५औँ स्थानमा यथावत छ । यसअघि नेपाल विश्व बलिङ बरियतामा ११औँ स्थानसम्म पुगिसकेको छ । शीर्ष बरियतामा भने अस्ट्रेलिया छ । बरियतामा इङ्ल्याण्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप