आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्न समय तोकियो

बुधबार, २४ भदौ २०७७, १७ : ४८
बुधबार, २४ भदौ २०७७

काठमाडौं । उपत्यकामा सञ्चालित डिपार्डमेन्टल स्टोर सञ्चालनका लागि समय निर्धारण भएको छ ।  बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई थप खुकुलो बनाउँदै बिहान ११ बजेसम्म डिपार्टमेन्टल स्टोर खोल्न दिने तथा  साँझ फेरि ४ बजेपछि ७ बजेसम्म पनि सञ्चालनको अनुमति दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिकलगायतका पसलहरु भने साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ  

यस्तै काठमाडौं उपत्यकामा बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय पनि भएको छ । 

यस्तै सबै किसिमका निजी सवारीका साधानमा पनि जोरबिजोर नियम लागू गर्ने निर्णय उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप