बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उपत्यकामा १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातमा जोरबिजोर लागू

सबै किसिमका निजी सवारीसाधनमा पनि जोरबिजोर
बुधबार, २४ भदौ २०७७, १७ : ४०
बुधबार, २४ भदौ २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको छ । काडमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ३ सातायता जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको जानकारी दिए । 

यस्तै सबै किसिमका निजी सवारीका साधानमा पनि जोरबिजोर नियम लागू गर्ने निर्णय उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरुको बुधबारको बैठकले गरेको उनले बताए । 

यसैगरी उपत्यकामा सञ्चालित डिपार्डमेन्टल स्टोर र सपिङ मल सञ्चालनका लागि पनि समय निर्धारण भएको छ ।  बैठकले बिहान ११ बजेसम्म र साँझ फेरि ४ बजेपछि पनि सञ्चालनको अनुमति दिएको दाहालले बताए । 

मंगलबार उपत्यकाको कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर  (डिसिसीएमसी) को बैठकमा निषेधाज्ञा थप खुकुलो बनाउनेबारे छलफल भएको थियो । सरोकारवालाले निषेधाज्ञा खुकुलो बनाउन सुझाव दिएका थिए । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाल, ललितपुरका प्रजिअ नारायण प्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डे सम्मिलित बैठकले  भेला जम्मा भएर मेला महोत्सव मनाउन र भोज, भतेर गर्न निषेध गरेको छ ।  ब्यूटी पार्लर र कपाल काट्ने ब्यवसाय पनि खोल्न पाइने छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप