सामूहिक लगानी कोष नियमावलीमा संशोधन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल सरकार अर्थ मन्त्रालयबाट स्वीकृति भएको सामूहिक लगानी कोष (चौथो संशोधन) नियमावली २०७७ लाई भदौ २४ गतेदेखि लागू गरेको छ ।
उक्त संशोधनमार्फत योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाई पूनः खरिद गर्दा लिने शुल्क (एक्जिट फि) योजनाको आयमा लेखाङ्कन गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि उक्त आयको लेखाङ्कन योजना व्यवस्थापकले गर्ने गरेका थिए ।
विद्यमान व्यवस्थाले इकाइधनी (लगानीकर्ता)को कोष मजबुत भई बढी प्रतिफल पाउन सहयोग पुग्नेछ । त्यस्तै, उक्त नियमावलीको नियम ४० को उपनियम (४)मा योजना व्यवस्थापक र योजनाको लेखा परिक्षकको नियुक्ती गर्दा बोर्डलाई जानकारी दिई नियुक्त गर्नसक्ने व्यवस्था गरिएको छ । यसअघि सो बोर्डबाट स्वीकृति लिएर मात्र गर्न सकिने व्यवस्था रहेको थियो ।
उक्त व्यवस्था लागू भएसँगै खुलामुखी सामूहिक लगानी योजनाको आयमा बृद्धि भई लगानीकर्ताहरुको हित हुने बोर्डको अपेक्षा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा