शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सामूहिक लगानी कोष नियमावलीमा संशोधन

बुधबार, २४ भदौ २०७७, १७ : ३१
बुधबार, २४ भदौ २०७७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल सरकार अर्थ मन्त्रालयबाट स्वीकृति भएको सामूहिक लगानी कोष (चौथो संशोधन) नियमावली २०७७ लाई भदौ २४ गतेदेखि लागू गरेको छ । 

उक्त संशोधनमार्फत योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाई पूनः खरिद गर्दा लिने शुल्क (एक्जिट फि) योजनाको आयमा लेखाङ्कन गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि उक्त आयको लेखाङ्कन योजना व्यवस्थापकले गर्ने गरेका थिए । 

विद्यमान व्यवस्थाले इकाइधनी (लगानीकर्ता)को कोष मजबुत भई बढी प्रतिफल पाउन सहयोग पुग्नेछ । त्यस्तै, उक्त नियमावलीको नियम ४० को उपनियम (४)मा योजना व्यवस्थापक र योजनाको लेखा परिक्षकको नियुक्ती गर्दा बोर्डलाई जानकारी दिई नियुक्त गर्नसक्ने व्यवस्था गरिएको छ । यसअघि सो बोर्डबाट स्वीकृति लिएर मात्र गर्न सकिने व्यवस्था रहेको थियो । 

उक्त व्यवस्था लागू भएसँगै खुलामुखी सामूहिक लगानी योजनाको आयमा बृद्धि भई लगानीकर्ताहरुको हित हुने बोर्डको अपेक्षा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप