बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याडमिन्टन खेलका सामाग्री खरिदमा अनियमितताः छानबिन कहाँ पुग्यो ?

बुधबार, २४ भदौ २०७७, १७ : १०
बुधबार, २४ भदौ २०७७

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दौरानमा ब्याडमिन्टन खेलका सामाग्री खरिद तथा वितरणमा अनियमितता भएपछि राष्ट्रिय खेलकुद परिषदले छानबिनका लागि गठन गरेको उपसमितिले काम जारी राखेको छ । 
खेलमा भएको अनियमितताको चौतर्फी आलोचना पछि राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा छानविन उपसमिति गठन गरेको थियो  । उपसमितिलाई तोकिएको २१ दिनको समय सिमा सकिएपछि पुनः छानविन उपसमितिको म्यान १५ थप गरिएको छ । 

सागमा ब्याडमिन्टनको म्याट र खेलाडीको जुत्तामा अनियमितता भएको विषयमा चौतर्फी आलोचना भएपछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साउन ३० गते राखेपलाई पत्रमार्फत भ्रष्टाचार छानबिन गर्न निर्देशन दिएका थिए । त्यस अनुरुप राखेप बोर्ड सदस्य समेत रहेका गोबिन्द भट्टराईको नेतृत्वमा उपसमितिले अध्ययनलाई तीव्रता दिएको थियो । २१ दिन भित्र प्रतिवेदन बुझाउनु भने पनि राजधानीमा जारी निषेधाज्ञाका कारण अझै पूरा भएको छैन । उपसमिति संयोजक भट्टराईले केही बयानहरु लिन बाँकी रहेको भन्दै बाँकी प्रमाण जुटाउने काम अन्तिम चरणमा पुगेको र थप गरिएको म्यादमा पुरा हुने बताए । समितका संयोज भट्टराईले सम्बध पदाधिकारीसँग बयान र कागज पत्र संकलनको काम पूरा भइसकेको उनले बताए । 
२१ दिने समय सिमामा भट्टराई नेतृत्वको ५ सदस्यीय उपसमितिले प्रारम्भिक चरणको गृहकार्य सम्पन्न गरेको छ ।  समय थप भएपछि बयान लिने काम भएको छ । सम्बन्धित क्षेत्रबाट कागजपत्र लिने काम भइरहेको उनले बताए । केही व्यक्तिहरुसँग छलफल गरेर मात्रै निष्कर्षमा पुग्न सकिने अवस्था नभएको र बयान लिनुपर्ने व्यक्तिहरु केही उपत्यका बाहिर भएकाले समय लागेको उनको भनाइ छ । सहज वातावरण बनेपछि ताकिएको समयमा प्रतिवेदनमा बुझाउने उनले बताए ।
यसका अलावा उपसमितिले सातदोबाटोस्थित राखेप परिसरमा भएको रुप कटानको बारेमा पनि छानविन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप