जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि हवाईजहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् । आज मन्त्रालयमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँगको संयुक्त बैठकमा मन्त्री भट्टराईले सो निर्देशन दिएका हुन् । उनले आन्तरिकतर्फ दुईवटा मात्र टुईनटर जहाज भएको र त्ससले माग धान्न नसेकेको र दुर्गम क्षेत्रमा सेवा प्रदान गर्न नसक्ने बताउदै तत्काल खरिद योजना अघि बढाउन निर्देशन दिए ।
मन्त्री भट्टराईले नेपाल एयरलाईन्सलाई पब्लिक मोडलमा लैजानको लागि लगानी कोष, सञ्चयकोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी मोडल तयार गर्न समेत निर्देशन दिए । उनले नेपाल एयरलाईन्स ऐतिहासिक नेपाली ध्वजावाहक एयरलाईन्स भएकोले यसको साख जोगाउने गरी काम गर्नुपर्नेमा जोड दिए । नेपाल एयरलाईन्स ठूलो आर्थिक ऋणमा रहेको बताउँदै उनले देशका विभिन्न २३ ठाउँमा रहेका अचल सम्पत्ति (जग्गा) लाई व्यवसायिक रुपमा उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्न समेत आग्रह गरे ।
त्यस्तै मन्त्री भट्टराईले निगमलाई आर्थिक नोक्सान हुने कुनैपनि क्रियाकलापमा संलग्न कर्मचारीलाई तत्काल कारवाही गर्न अध्यक्ष सुशील घिमिरलेलाई निर्देशन दिए । उनले विदेशमा रहेका कर्मचारी कटौती गर्न, बैठक भत्ता घटाउन साथै कर्मचारी,बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा बापतको टिकट ५० प्रतिशत कटौती गर्नुपर्नेमा जोड दिए । जिएसए तोक्दा प्रतिस्पर्धी, क्षमतावान ऐजेन्सी छनौट गर्न तथा आवश्यक मापदण्ड बनाएर मात्र जिएसए तोक्नुपर्नेमा उनको जोड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुनेवाला पतिसँग घुम्न गएकी युवतीको मृत्यु
-
शिक्षकहरूले प्रधानमन्त्री र सभामुखसँग मात्रै वार्ता गर्ने
-
म्युजिक अवार्ड : को बन्लान् उत्कृष्ट गायिका ? (मनोनयन सूचीसहित)
-
भारतीय नेताहरू केसी त्यागी र सुधीन्द्र भदोरिया नेपालमा
-
सरकारलाई थप दबाब दिन आजदेखि शैक्षिक हडताल
-
चैत्र नवरात्र : दसैँ, छठ र रामनवमीको सँगालो