बिपी कोइराला आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थाका निर्माता: उपसभापति निधि

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बिपी कोइराला नेपालको आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थाको निर्माता भएको बताएका छन् । १ सय ७ औं बिपी जयन्तीमा पार्टी केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल विचार गोष्ठीमा उनले भने, ‘नेपालको निर्माता पृथ्वीनारायण शाह थिए भने नेपालको आधुनिक र लोकतान्त्रिक राज्य व्यवस्थाको निर्माता बिपी कोइराला हुनुहुन्छ ।’
निधिका अनुसार बिपीको राष्ट्रिय मेलपमिलापको नीति राजनीतिक आन्दोलनको मोडल थियो । उनले भने, ‘उहाँ मेलमिलापको नीति लिएर आएपछि तरंग ल्याएको थियो । उनले पञ्चायत सकिए पनि राजा नसकिन सक्छ भन्नुभएको थियो । पछि बहुदलीय लोकतन्त्र पुनस्थापन गर्यौं ।’
नेपाली काँग्रेसको लोकतन्त्रप्रतिको निस्ठाले काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा संविधान बनेको उनले बताए । नेपालको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन सकिएकोमा काँग्रेसले गर्व गर्नुपर्ने बताए । अब संविधानको रक्षाका लागि काँग्रेस लाग्नुपर्नेमा उनले जोड दिए ।
यस्तै काँग्रेस महामन्त्री शशांक कोइरालाले काँग्रेस पार्टी बिपीको पदचिन्हभन्दा पृथक हिँड्न थालेको बताए । बिपी पुत्र शशांकले भने, ‘हामी बीपीको पदचिन्हबाट पृथक हिँडन् थालेका छौं । बीपीको समाजवाद भन्छौं तर समाजवादी हुन सकेका छैनौं । हामी समाजवाद भन्छौं तर स्वास्थ्य र शिक्षा अहिले पनि निशुल्क छैन । समाजवाद उन्मुख संविधान भनेका छौं तर हामी त्यतातिर उन्मुख छैनौं ।’
बिपीले भनेको समाजवादमा अहिले केही परिवर्तन आए पनि बिपी विचार सान्दर्भिक रहेको उनको जिकिर छ । शशांकले बिपीको शब्दकोषमा समावेशी शब्द नभएपनि व्यवहारमा भएको बताए । ‘समावेशी शब्द उहाँको डिक्सनरीमा थिएन तर उहाँको मन्त्रिमण्डल समावेशी थियो । महिला र जातजातिलाई समावेश गर्नुभएको थियो । त्यतिबेला अहिलेको जस्तो बाध्यकारी अवस्था थिएन तर उहाँ त्यसमा सचेत हुनुहुन्थ्यो’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजा राज्यलक्ष्मी देवी सिंह : जो राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम महिला बनिन्
-
वीरगञ्जमा हनुमान जयन्त्रीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबिच झडप
-
बराबरीमा रोकिए झापा र पोखरा
-
वीरगञ्जमा झडपः पसल र मोटरसाइकलमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार
-
उत्कृष्ट सुरुवातपछि लय गुमाउँदा १ सय ८० रनमा रोकियो गुजरात
-
प्रधानमन्त्री ओली भगौडा दलाल वर्गको संरक्षक हुन् : प्रभु साह