शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रियाले ११ वर्षअघि लेखेकी थिइन् ड्रग्स र एक युवती जेल गएको कहानी, ट्वीट भाइरल

बुधबार, २४ भदौ २०७७, १५ : ०२
बुधबार, २४ भदौ २०७७

रिया चक्रवर्ती ड्रग्सको मामिलामा फसिसकेकी छिन् । अदालतले उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । यसैबीच उनको करिब ११ वर्ष अघिको पुरानो ट्वीट भाइरल भइरहेको छ । उक्त ट्वीटमा रियाले लागुऔषध कारोबार र एक युवती जेल गएको कुरा लेखेकी थिइन् ।

रियाको सन् २००९ को नोभेम्बर १९ को एउटा ट्वीट भाइरल भइरहेको छ । यसमा उनले ११ वर्ष अघि जे कुरा लेखेकी थिइन् त्यो उनको वास्तविक जीवनसँग केही हदसम्म मेल खाएको छ । रियाले एक भारतीय युवतीबारे लेखेकी थिइन् जसलाई लागुऔषध ओसारपसारका लागि साढे चार वर्षको सजाय भएको थियो ।

सुशान्त सिंह राजपूतको केसमा ड्रग एंगल सार्वजनिक भएपछि थुप्रै ट्वीस्ट आइरहेका छन् । केसको अनुसन्धान सुरुमा मुम्बई पुलिस, बिहार पुलिस हुँदै सिबिआईको हातमा पुगेको छ । ड्रगको कुरा आएपछि एनसीबी एक्सनमा आयो र भटाभट गिरफ्तारी पनि सुरु भयो ।

रियाले एनसीबीलाई दिएको बयानमा उनलाई ड्रग्सको सेवन गर्न सुशान्तले कर गरेको र उनले कुनै बेला गाँजासम्म लिएको हुनसक्ने बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप