शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कंगनाको अफिसको तोडफोड रोक्न अदालतको निर्देशन

बुधबार, २४ भदौ २०७७, १४ : ३६
बुधबार, २४ भदौ २०७७

बम्बई उच्च अदालतले बलिउड अभिनेत्री कंगना रनौतको अफिसमा मुम्बई महानगरपालिकाको कारवाही रोक लगाउन आदेश दिएको छ । उच्च अदालतले बीएमसीलाई कंगनाको याचिकाको जवाफ दिन पनि निर्देशन दिएको छ ।

यसअघि मुम्बई महानगरपालिकाको एक समूहले अभिनेत्री कंगना रनौतको बंगलाका केही हिस्सा तोडफोड गर्न सुरु गरेको थियो जसलाई उनीहरुले अवैध तरिकाले गरिएको परिवर्तन बताइरहेका थिए ।

कंगना रनौत आफैंले उक्त कारवाहीको तस्बिर पोस्ट गर्दै मुम्बईको तुलना पुनः पाकिस्तान प्रशासित काश्मीरसँग गरेकी छिन् । पछिल्लो पटक उनको यहि बयानले हंगामा मच्चिएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप