आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

स्थायी समिति बैठकका एजेण्डा तय गर्दै सकियो ओली–प्रचण्डबीचको भेटवार्ता

बुधबार, २४ भदौ २०७७, १४ : ३२
बुधबार, २४ भदौ २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ बीचको भेटवार्ता स्थायी कमिटीमा पेश गर्ने एजेण्डा तय गर्दै सकिएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा ३ घण्टा भएको भेटवार्तामा शुक्रबारका लागि बोलाइएको स्थायी कमिटी बैठकमा लैजाने संयुक्त प्रस्तावबारे छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । 
नेकपामा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र त्यसमा नेताहरुले गरेको टिप्पणीलाई एकीकृत गर्दै एजेण्डा तयार पारेको बुझिएको छ । 
अध्यक्षद्धयले तयार गरेका एजेण्डाहरु भोलिसम्म स्थायी समिति सदस्यहरुलाई पठाउने र कोरोनाका कारण बैठक छोट्याउनेबारेमा पनि दुवै नेता सहमत भएको बुझिएको छ । 

बुधबार भएको दुई अध्यक्षको भेटवार्तामा तय भएका एजेण्डालाई कार्यान्वयनमा लैजादा आउनै परिणामका बारेमा समेत छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । 
नेकपामा खासगरी दुई अध्यक्षको कार्यविभाजनबारे कार्यदलले प्रस्ट पारेपनि वरिष्ठ नेता नेपालले उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारीको विषयलाई कसरी समेट्ने भन्ने प्रश्न बाँकी नै रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप