शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध

बुधबार, २४ भदौ २०७७, १४ : २४
बुधबार, २४ भदौ २०७७

मुग्लिन । वर्षासँगै आएको बाढीले चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित हरिपुर खोलामा बनाएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको छ । एक महिनाअघि मात्र निर्माण गरिएको डाइभर्सन गए रातिको वर्षासँगै आएको बाढीले बगाएको हो ।
 
गत साउन ११ गते आएको बाढीले झण्डै दुई दशकअघि बनाइएको हरिपुर खोलाको मोटरेवल पुल बगाएपछि गाउँपालिकाले आठ दिन लगाएर डाइभर्सन निर्माण गरी अस्थायीरूपमा सडक सञ्चालन गरेको थियो ।  बाढीले डाइभर्सन बगाएपछि स्थानीयवासीलाई गाउँपालिका कार्यालय कुरिनटार र सदरमुकाम भरतपुर जान कठिनाइ भएको छ ।

इच्छाकामना–७ अन्तर्गत खेतबारी, स्याङ्दी, सिमलढाप, गर्दासलगायत नागरिक सदरमुकाम भरतपुर र गाउँपालिका केन्द्र कुरिनटार आउजाउ गर्ने गर्थे । सो सडक अवरुद्ध भएपछि त्यस भेगका करिब तीन हजारभन्दा बढी नागरिकलाई आउजाउ गर्न असुविधा भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताए । उनका अनुसार उक्त सडक भएर दैनिक ३०० भन्दा बढी मोटरसाइकल र १०० भन्दा बढी साना–ठूला गाडी चल्ने गर्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप