शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘वाई श्रेणी’ को सुरक्षा पाएकी कंगनाले भनिन्, ‘न डराउनेछु, न झुक्नेछु, गलतविरुद्ध आवाज उठाउनेछु’

बुधबार, २४ भदौ २०७७, १० : ३९
बुधबार, २४ भदौ २०७७

कंगना रनौत मंडी (हिमाचल प्रदेश) बाट चंडीगढका लागि प्रस्थान गरिसकेकी छिन् । चंडीगढबाट उनी फ्लाइटमार्फत् मुम्बई पुग्नेछिन् । नायिकाले मुम्बईको तुलना पाकिस्तानको कब्जा रहेको कश्मीरसँग गरेकी थिइन्, जसका कारण विवाद निम्तिएको थियो । कंगना मुम्बईउ पुग्नेबित्तिकै शिवसेनासमेत अन्य थुप्रै पार्टीले विरोध गर्ने निश्चित भएको छ । केन्द्र सरकारले उनलाई वाई श्रेणीको सुरक्षा दिएको छ । यतिबेला उनीसँग ११ सुरक्षाकर्मी सधैं उनको साथमा रहनेछन् ।

मंगलबार नायिकाको कोभिड–१९ स्याम्पलको कुनै नतिजा निकालिएको थिएन जसका कारण मंडीमा स्वास्थ्य विभागमा पुनः स्याम्पल लिनुपर्यो । रिपोर्ट पाएपछि बुधबार कंगना मुम्बई जान पाइन् ।


कंगनाको ट्वीटः

कंगनाले बुधबार बिहानै ट्वीटमा लेखेकी छिन्, ‘रानी लक्ष्मीबाईको साहस, शौर्य र बलिदानलाई मैले फिल्ममार्फत् बाँचेकी छु । दुःखको कुरा यो हो कि मलाई मेरै महाराष्ट्रमा आउन रोकिँदैछ । म रानी लक्ष्मीबाईको पद चिन्हमा हिँड्नका लागि न त डराउनेछु, न नै झुक्नेछु । गलतविरुद्ध म मुखर भएर आवाज उठाइ रहनेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप