आँधीले क्षती पुर्याउँदा भड्किए किम जोङ उन, अधिकारीलाई कडा सजायँ दिइने

उत्तर कोरियाली नेता किम जोङ उन आँधीद्वारा प्रभावित देशको उत्तर पूर्वी इलाकामा भ्रमण गरेको, त्यहाँका अधिकारीलाई निष्कासित गरेको र उद्धारकार्यका लागि प्योङ्याङबाट १२ सय कर्मचारी पठाउने बाचा गरेको राज्य सञ्चालित मिडियाले आइतबार जानकारी दिएको छ ।
कोरियन सेन्ट्रल समाचार एजेन्सीका अनुसार किमले शनिबार मेसाक नामको आँधीबाट प्रभावित ह्याम्ङ्गयोङ प्रान्त भ्रमण गरेका हुन् । किमलाई आँधीले हजार बढी घरमा क्षती पुर्याएको र सार्वजनिक भवन, दक्षिण ह्यामङयोगको तटीय क्षेत्रको खेतीयोग्य जमिनमा क्षती पुर्याइएको् बारे जानकारी दिइएको बताइएको छ ।
केसीएनएले दुई प्रान्तमा भएको क्षती र मृत्युबारे केही जानकारी दिएको छैन । यद्यपि, रोडोङ्ग सिन्मन पत्रिकाले शनिबार दिएको जानकारीमा काङ्गवान प्रान्तमा दर्जानौं हताहत भएको उल्लेख गरिएको छ ।
किम जोङ उनले पहिले नै सबैलाई सुरक्षित स्थानमा पुर्याउने आदेश दिएका थिए । यस्तोमा स्थानीयलाई सुरक्षित स्थानमा नपुर्याएको भन्दै काङ्वाङका अधिकारीलाई गम्भीर सजायँ दिइने बताइएको छ ।
बीबीसीले स्थानीय मिडियालाई उद्धृत गर्दै एक रिपोर्टमा आँधीको तयारीमा विफल भएकोमा तटीय शहर काङ्वाङका अधिकारीलाई दोषी ठहर गर्दै उनीहरुमाथि गैर जिम्मेवारीपूर्व व्यवहार अपनाइएको आरोप लगाइएको छ ।
हालका लागि काङ्वाङका स्थानीय अधिकारीलाई जोखिममा रहेको सम्पत्तिको पूर्ण पहिचान गर्न र सबै बासिन्दाको स्थिती सम्बन्धि रिपोर्ट बनाउन निर्देशन दिइएको छ । हताहतका लागि जिम्मेवारलाई गम्भीर प्रशासनिक र कानूनी सजाय दिने निर्णय लिइएको छ । वासिङ्टन पोस्ट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु