बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आँधीले क्षती पुर्‍याउँदा भड्किए किम जोङ उन, अधिकारीलाई कडा सजायँ दिइने

बुधबार, २४ भदौ २०७७, १० : ३५
बुधबार, २४ भदौ २०७७

उत्तर कोरियाली नेता किम जोङ उन आँधीद्वारा प्रभावित देशको उत्तर पूर्वी इलाकामा भ्रमण गरेको, त्यहाँका अधिकारीलाई निष्कासित गरेको र उद्धारकार्यका लागि प्योङ्याङबाट १२ सय कर्मचारी पठाउने बाचा गरेको राज्य सञ्चालित मिडियाले आइतबार जानकारी दिएको छ ।

कोरियन सेन्ट्रल समाचार एजेन्सीका अनुसार किमले शनिबार मेसाक नामको आँधीबाट प्रभावित ह्याम्ङ्गयोङ प्रान्त भ्रमण गरेका हुन् । किमलाई आँधीले हजार बढी घरमा क्षती पुर्याएको र सार्वजनिक भवन, दक्षिण ह्यामङयोगको तटीय क्षेत्रको खेतीयोग्य जमिनमा क्षती पुर्याइएको् बारे जानकारी दिइएको बताइएको छ ।

केसीएनएले दुई प्रान्तमा भएको क्षती र मृत्युबारे केही जानकारी दिएको छैन । यद्यपि, रोडोङ्ग सिन्मन पत्रिकाले शनिबार दिएको जानकारीमा काङ्गवान प्रान्तमा दर्जानौं हताहत भएको उल्लेख गरिएको छ ।

किम जोङ उनले पहिले नै सबैलाई सुरक्षित स्थानमा पुर्याउने आदेश दिएका थिए । यस्तोमा स्थानीयलाई सुरक्षित स्थानमा नपुर्याएको भन्दै काङ्वाङका अधिकारीलाई गम्भीर सजायँ दिइने बताइएको छ ।

बीबीसीले स्थानीय मिडियालाई उद्धृत गर्दै एक रिपोर्टमा आँधीको तयारीमा विफल भएकोमा तटीय शहर काङ्वाङका अधिकारीलाई दोषी ठहर गर्दै उनीहरुमाथि गैर जिम्मेवारीपूर्व व्यवहार अपनाइएको आरोप लगाइएको छ ।

हालका लागि काङ्वाङका स्थानीय अधिकारीलाई जोखिममा रहेको सम्पत्तिको पूर्ण पहिचान गर्न र सबै बासिन्दाको स्थिती सम्बन्धि रिपोर्ट बनाउन निर्देशन दिइएको छ । हताहतका लागि जिम्मेवारलाई गम्भीर प्रशासनिक र कानूनी सजाय दिने निर्णय लिइएको छ । वासिङ्टन पोस्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप