रिया चक्रवर्ती १४ दिनको न्यायिक हिरासतमा, समर्थनमा आयो बलिउड
अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्सको लेनदेन मामिलामा गिरफ्तार अभिनेत्री रिया चक्रवर्तीलाई २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा पठाइएको छ ।
नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले मंगलबार करिब चार बजे उनलाई पक्राउ गरेर अदालतमा पेश गरेको छ । एनसीबीले उनको कस्टडीको माग नगरिकन उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउन अपिल गरेको थियो जबकी रियाका वकिललले जमानतको माग गरिरहेका थिए ।
अदालतले जमानतको माग खारेज गर्दै उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउने आदेश दियो ।
सुशान्त सिंह मामिलामा ड्रग्स एंगल सार्वजनिक भएपछि एनसीबीले उनीसँग पछिल्लो तीन दिनदेखि सोधपुछ गरिरहेको थियो । मंगलबार पनि एनसीबीले उनीसँग घण्टौं सोधपुछ गरेपछि उनलाई पक्राउ गर्ने निर्णय गरेको हो ।
उनका भाइ शोविक चक्रवर्तीलाई एनसीबीले पहिले नै गिरफ्तार गरिसकेको छ । एनसीबीले यो मामिलामा रियासमेत अन्य १० जनालाई पक्राउ गरिसकेको छ ।
रियाको समर्थनमा बलिउडः
रियाको गिरफ्तारीपछि बलिउडका थुप्रै मानिसहरु उनको समर्थनमा आएका छन् ।
रिया मंगलबार कालो रङ्गको टिसर्ट लगाएर एनसीबीको अफिस पुगेकी थिइन् । त्यसमा लेखिएको थियो, ‘गुलाब रातो हुन्छ, भोएलेट्स (एक प्रकारको फूल) निलो हुन्छ, आउनुहोस् तिमी हामी मिलेर पितृसत्तालाई ध्वस्त पारौं ।’
उनको यो फोटो सोसल मिडियामा भाइरल भयो तर फिल्म जगतका थुप्रै हस्तीले आफ्नो इन्स्टाग्राम पेजमा त्यो सेयर गरे । थुप्रैले #justiceforrhea र #SmashPatriarchy ह्याशट्याग पनि चलाइरहेका छन् ।
फिल्म जगतबाहेक अमिताभ बच्चनकी छोरी श्वेता बच्चन र प्रीतिश नन्दीले पनि रिया चक्रवर्तीको समर्थन गरे । थुप्रै पत्रकारले पनि रियाको समर्थन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभापति पोखरेलको जवाफ– म जुनसुकै परीक्षामा बस्न तयार छु
-
श्रीमतीले गल्ती गर्दा श्रीमान् फस्ने हुन् कि भन्ने चिन्ता भयो : सांसद केसी
-
ऋषिकेशको बचाउमा उत्रिए गोकुल बास्कोटा
-
भक्तपुरमा मृत भेटिएका बाबु छोराको शरीरमा चोट, हत्या भएको आशंका
-
बढ्यो सेयर बजार, परिसूचक २६१२ बिन्दुमा
-
एनपीएलमा उच्छृङ्खल व्यवहार देखाउनेमाथि कारबाही गर्न सांसद यादवको माग