रोनाल्डोको अर्को कीर्तिमान : अन्तर्राष्ट्रिय खेलमा १ सय गोल पूरा
क्रिस्टियानो रोनाल्डो एक सय अन्तर्राष्ट्रिय गोल पूरा गर्ने पहिलो युरोपियन पुरुष खेलाडी बनेका छन् । यूईएफए नेसन्स लिगमा स्वीडेनविरुद्ध जीत हासिल गर्ने क्रममा दुई गोल गर्दै रोनाल्डोले सो उपलब्धि हासिल गरेका हुन् । डिफेन्डिङ च्याम्पियन पोर्चुगलको यो लगातार दोस्रो जीत हो ।
पहिलो हाफको अन्त्यमा उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै पोर्चुगलका कप्तानले उक्त कोशेढुंगा पार गरेका थिए । उनको करियरमा फ्रिकिकबाट यो ५७ औँ गोल थियो ।
त्यसपछि दोस्रो हाफमा रोनाल्डोले डिबक्स बाहिरबाट शक्तिशाली प्रहार गर्दै व्यक्तिगत दोस्रो गोल थपे । ८१ मिनेट खेलेका रोनाल्डो विश्वकीर्तिमानबाट अब मात्र ८ गोल टाढा रहेका छन् ।
इरानका अली देइले मात्र रोनाल्डोभन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् १९९३ देखि २००६ सम्म उनले १०९ गोल गर्न सफल भएका थिए ।
रोनाल्डोभन्दा पछि भारतका सुनिल क्षेत्री (७२ गोल) र अर्जेन्टिनाका लियोनेल मेस्सी (७०) गोल रहेका छन् ।
रोनाल्डोले अधिकांश गोल आफ्नो ३० औँ जन्मदिनपछि गरेका छन् । उनले यसक्रममा ४७ खेलमा ४९ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले