अक्सफोर्ड युनिभर्सिटीले एकजना बिरामी हुँदा रोक्यो भ्याक्सिनको ट्रायल
कोरोनाभाइरसमाथि नियन्त्रण पाउनका लागि बनिरहेको भ्याक्सिनले त्यतिबेला ठूलो धक्का पायो जब एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले भ्याक्सिनको ट्रायल रोक्नुपर्यो ।
मानव परीक्षणमा एक व्यक्ति बिरामी भएपछि उनीहरुले यस्तो गर्नुपरेको हो ।
एस्ट्राजेनेकाले परीक्षणमा समावेश व्यक्तिको रोगबाट अहिलेसम्म केही जानकारी नपाइएको यो एक रुटिन स्थगन भएको बताएको छ ।
अक्सफोर्ड युनिभर्सिटीमा भ्याक्सिनको ट्रायलमाथि पूरा संसारले निगरानी राखिरहेको छ ।
यतिबेला संसारभरी करिब एब दर्जन स्थानमा कोरोना भ्याक्सिनको ट्रायल चलिरहेको छ तर जानकारले अक्सफोर्ड युनिभर्सिटीको ट्रायल सबैभन्दा अघि भएको मान्यता राखेका छन् ।
यहाँ तेस्रो चरणको ट्रायल भइरहेको छ र बजारमा सबैभन्दा उपलब्ध हुने भ्याक्सिन अक्सफोर्ड युनिभर्सिटीकै होस् भनेर आशासमेत गरिएको छ ।
भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा हज्जारौं मानिस समावेश हुन्छन् र यसमा कतिपय अवस्थामा त थुप्रै वर्ष लाग्न सक्छ ।
कोरोना भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा करिब ३० हजार मानिस समावेश छन् ।
अक्सफोर्ड युनिभर्सिटीका प्रवक्ताले भने, ‘ठूला ट्रायलमा बिरामी हुने पूर्ण आशंका छ तर यसको ध्यानपूर्वक परीक्षण गर्नका लागि यसको स्वतन्त्र पुनर्परीक्षणको अत्यावश्यक छ ।’
अक्सफोर्ड युनिभर्सिटीमा कोरोनाभाइरसको भ्याक्सिनको ट्रायल दोस्रो पटक रोकिएको हो । ठूला ट्रायलमा यस्तो हुनु सामान्य कुरा हो र जब परीक्षणमा समावेश व्यक्तिलाई अस्पताल भर्ना गर्दा उनको रोगको कारण तत्काल पत्ता लाग्न नसक्दा ट्रायल रोकिने गरिन्छ ।
केही दिन पछि ट्रायल पुनः सुरु हुने अनुमान गरिएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी बोर्डद्वारा ह्वासिन सिमेन्टको लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत
-
जनआन्दोलनका दमनकारीलाई कारबाही नहुँदा पूर्वराजा ज्ञानेन्द्रदेखि विपी पुत्र कोइरालासम्मलाई हाइसञ्चो
-
कतारी राजा शेखको डिनर सोल्टीमा, लन्च द्वारिकामा
-
त्रिविमा तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी तालिम
-
केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो
-
डीडी न्यूजको लोगो परिवर्तन भएपछि...