प्रगतिवादी दृष्टिकोण र दृष्टिदोष
हाम्रो देशका प्रगतिवादी लेखक र विचारकहरुको इतिहासलाई बुझ्ने र हेर्ने दृष्टिमा मार्क्सवादले इङ्गित गरेको वैज्ञानिक दृष्टिकोण विकसित भइनसकेको महसुस उनीहरुका सार्वजनिक भएका विचारबाट प्रष्ट हुन्छ । खासगरी पृथ्वीनारायण शाह र भानुभक्त आचार्यलाई हेर्ने र बुझ्ने सवालमा प्रगतिशील लेखक र बुद्धिजीवीहरुले व्यक्त गरेका विचार र मूल्याङ्कनलाई हेर्दा र पढ्दा अझै पनि उनीहरुमा इतिहासलाई सही ढङ्गले बुझ्ने वैज्ञानिक दृष्टिकोण विकसित नभएको हो कि भन्ने महसुस हुन्छ । आदिम साम्यवाद, दासप्रथा या राज्यको विकास र तत्कालीन जनजीवनका कुरा त परैका भए डेढ दुई सय वर्षअघिका सामन्तवादी समाजलाई हेर्ने बुझ्ने सवालमा पनि प्रगतिवादीहरु अझै प्रष्ट हुन नसकेको देख्दा भने यसबारे केही विचार व्यक्त गर्न आवश्यक देखिन्छ ।
पृथ्वी नारायण शाह र भानुभक्त दुवै नेपालका सामन्तयुगीन यस्ता पात्र हुन् जसले नेपाली समाजलाई त्यसबेलादेखि अहिलेसम्म प्रभावित पारेका छन् । शाह त स्वयं राजा भएकाले सत्ताका शिखर पुरुष नै भइगए भने भानुभक्त नेपालको तत्कालीन सत्तासीन संस्कृतिका अगुवा वर्गकै एक बौद्धिक पात्र हुन् । सत्तासीन वर्गका भएका हुनाले स्वभावतः उनीहरुको प्रभाव र स्वामित्व पनि बढी नै थियो र छँदैछ तर दुवै पात्रका विचार र कार्यप्रति असहमत र विरोधी पनि त्यसबेला पनि थिए र अहिले पनि छन् । दुवै पात्रको तत्कालीन र दीर्घकालीन महत्त्व के हो त ? भन्ने कुरालाई बुझ्न उनीहरुले काम गरेर विताएको सामन्तवादी युगलाई बुझ्न आवश्यक हुन्छ । सामन्तवादी युगका कार्य के कस्ता हुन्थे, त्यस युगका राजाको काम के हुन्थ्यो, उद्देश्य के हुन्थ्यो र हाम्रो समाजको सामन्तवादी संस्कृतिका अगुवा ब्राह्मणहरुको सोच केकस्तो हुन्थ्यो र दृष्टिकोण के हुन्थ्यो भन्ने कुरा हृदयङ्गम गरेपछि सामन्तवादी युगका उक्त दुवै पात्रको योगदानको मूल्याङ्कन गर्न सकिन्छ ।
पृथ्वी नारायण शाह र भानुभक्त दुवै नेपालका सामन्तयुगीन यस्ता पात्र हुन् जसले नेपाली समाजलाई त्यसबेलादेखि अहिलेसम्म प्रभावित पारेका छन् । शाह त स्वयं राजा भएकाले सत्ताका शिखर पुरुष नै भइगए भने भानुभक्त नेपालको तत्कालीन सत्तासीन संस्कृतिका अगुवा वर्गकै एक बौद्धिक पात्र हुन् । सत्तासीन वर्गका भएका हुनाले स्वभावतः उनीहरुको प्रभाव र स्वामित्व पनि बढी नै थियो र छँदैछ तर दुवै पात्रका विचार र कार्यप्रति असहमत र विरोधी पनि त्यसबेला पनि थिए र अहिले पनि छन् । दुवै पात्रको तत्कालीन र दीर्घकालीन महत्त्व के हो त ?
सबै सामाजिक अध्येतालाई थाहा भएकै कुरा हो सामन्तवाद मानव सभ्यताको इतिहासको एउटा चरणमा अनिवार्य देखापर्ने छुट्टै समसामयिक राजनीतिक, आर्थिक, सामाजिक प्रणाली भएको व्यवस्था हो । यो व्यवस्थामा एकातिर शक्तिशाली युद्धसरदार–सामन्तहरु हुन्छन् । तिनको सत्ता नै राज्यसत्ता हुन्छ । तिनले आफ्नो अधिकार क्षेत्रभित्र बसेका मानिसबाट कर असुल्छन् । आफ्नो अधीनमा भूदास, अर्धदासबाट आफूलाई चाहिने आवश्यकताका वस्तु उत्पादन गराउँछन् । आफ्ना सेनाको सहयोगले अराजक बर्बर समुदायबाट हुने लुटपाट रोक्छन् र ऐश्वर्य वृद्धि गर्ने महत्त्वाकाङ्क्षा भएका सामन्तहरुले वरपरका अरू सामन्तलाई जितेर शक्तिशाली र सम्पन्न हुने प्रयास गर्दछन् । सर्वसाधारण जनता र अद्र्धदासहरुमाथि हैकम जमाउन सामन्तहरु सधैँ शक्तिको प्रयोग गर्दछन् र वैदिक र बौद्ध धर्म र संस्कृति अपनाई आएका हाम्रो यस भूमण्डलमा ती संस्कृतिका धर्म गुरु र अगुवाहरु पनि शक्ति र सम्पन्नताका लागि तिनै सामन्तहरुको साथ हुने गर्दछन् । अर्कातिर सर्वसाधारण जनता र अद्र्धदासहरु माथि भनिए झैँ सामन्तहरु कोही शक्तिशाली, महत्त्वाकाङ्क्षी, चतुर धूर्त, सिपालु हुन्छन् । तिनलाई साथसहयोग पनि राम्रो जुट्दै जान्छ र तिनले आफ्ना वरपरका सामन्त मात्र होइन ठूलठूला राज्य पनि अधीनमा पार्छन् । यो सामन्तवादको प्रकृति नै हो । दुई हजार वर्षभन्दा अघि नै यस्तै युद्ध सरदारले भारतभरका सबै राज्य कब्जा गरेर मौर्य साम्राज्य नै खडा गरेका थिए । ती पनि सामन्ती नै थिए । नेपालमा पनि लिच्छवि राजा मानदेव र अंशु बर्माहरुले पूर्वपश्चिम धेरैतिर जितेर ठूलो राजा भएका थिए र आफूहरुलाई महासामन्त कहलाउन गर्व गर्थे । सामन्तवाद र सामन्तवादी राजाहरुको यो क्रम यस भूमण्डलमा करिब दुई हजार वर्षदेखि चलिरहेको छ । यस्ता थुप्रै राजाका कथाले भरिएका छन् हाम्रा साहित्य, पुराण वेद र इतिहास लगायतका एतिहासिक ग्रन्थहरु । सामन्तीहरु सामन्तका नाइके राजाहरु, सम्राटहरु विचित्रका थिए । कोही स्वभावले दयालु थिए, कोही क्रूर थिए, कोही सन्काहा अपराधी थिए, कोही प्रेममा पागल थिए । कोही बलात्कारी थिए । सामन्तहरु भोग विलासका अनेक साधन प्रयोग गर्थे । मानव जातिकै आधा भाग रहेका नारी वर्ग पुरुष सामन्तका भोगका साधन मात्र हुन्थे । आफ्ना महलमा सयकडौँ नारीलाई थुनेर पाल्ने नर ईष्र्या प्रदर्शन गर्थे कोही । कोही हट्टाकट्टा नवयुवालाई बाघसँग कुस्ती खेलेको हेर्न भिडाएर आनन्द लिन्थे । कोही प्रेममा पागल भएर ताज महल बनाउँथे । कसैले रानी पोखरी बनाए । मान्छे मार्नमा नामुद सम्राट अशोकले लुम्बिनीमा आएर अहिलेसम्म पनि नष्ट न हुने किसिमको स्तम्भ खडा गरी ब्राह्मी लिपिमा इतिहास छोडेर गए । यस्तै सामन्ती राजाहरुको आवश्यकता पूरा गर्न अनेकौँ रसिला काव्यका रचना गरिए । आयुर्वेद, वास्तु शास्त्र, तन्त्र मन्त्रको विकास गरियो । यो सब भन्नुको तात्पर्य सामन्तवाद मानव सभ्यताको एउटा चरण थियो, जहाँ मानिसले पहिले कहिल्यै नगरेको विकास गरेर देखायो । सामन्तहरुको आवश्यकता पूर्ति गर्न । त्यो सर्वसाधारण जनताको आवश्यकता पूरा गर्न होइन सामन्तहरुको खाँचो टार्न । तर यसै प्रयोजनका लागि भए पनि जे आविष्कार भयो त्यो तिनले मरेर जाँदा लिएर गएनन् बरु मानव जातिले केके अद्भूत चमत्कार गर्न सक्छ भन्ने देखाएर गए ।
अहिलेको आधुनिक युग भनेको सामन्तवादको युग होइन । यो पुँजीवाद पनि मरणासन्न अवस्था पुगेको युग हो । अर्थात् समन्तवाद पछिको आर्थिक सामाजिक राजनीतिक र सांस्कृतिक प्रणाली पनि मानव जातिले कसरी फेर्ने भनेर सोच्न थालेको युग हो यो । तर यी युगहरु विश्वमा सबैतिर समान रूपले फेरिएका छैनन् । कतै सामन्तवाद कुनै न कुनै रूपमा जीवित छ । कतै सामन्तवादको अन्त्य गरेर छाएको पुँजीवादी प्रणाली छ त कतै त्यसभन्दा अगाडिको समाजवादी प्रणालीको समाज छ । तर जुनसुकै युगमा भए पनि जुन कारणले सामन्तवाद र पुँजीवादलाई विस्थापित गरेर समाजवाद आउँदैछ ती कारणलाई पन्छाएर मानव जातिलाई उपयोगी हुने कुरा त मानवले अहिले पनि स्वीकार गरिरहेकै छ नि । हामीले रानी पोखरीलाई सामन्तवादी प्रताप मल्लले बनाएको भनेर पुरिदियौँ भने हामीलाई नै नोक्सान हुन्छ । हो, पोखरी अब रानीको मात्र हुनसकेको छैन । सामन्तवादी युगमा सान्तवाद अनुरूपका काम भए ती न प्रगतिशील थिए न प्रतिगामी नै । ती आफ्नो ठाउँमा जे थिए, जे भए समय अनुरूप भए सामन्तवादी भए । हामीले स्वीकार गर्ने त्यति नै हो । हामी फर्केर त्यहाँ पुग्न सक्तैनौँ र पुग्न पनि हुँदैन । तर हामी कहाँ प्रगतिवादी बुद्धिजीवीहरुले त्यसो भनेनन् ।
हामीले रानी पोखरीलाई सामन्तवादी प्रताप मल्लले बनाएको भनेर पुरिदियौँ भने हामीलाई नै नोक्सान हुन्छ । हो, पोखरी अब रानीको मात्र हुनसकेको छैन । सामन्तवादी युगमा सान्तवाद अनुरूपका काम भए ती न प्रगतिशील थिए न प्रतिगामी नै । ती आफ्नो ठाउँमा जे थिए, जे भए समय अनुरूप भए सामन्तवादी भए । हामीले स्वीकार गर्ने त्यति नै हो ।
एउटा सानो उदाहरण– नेपालका प्रगतिवादी लेखक मोदनाथ प्रश्रितले यस सन्दर्भमा लेख्नु भएको छ– पृथ्वी नारायण शाहले नेपालका राजा रजौटा हराएर केन्द्रीय सामन्ती राज्य खडा गर्नु प्रगतिशील कुरा थियो । उहाँ अगाडि लेख्नु हुन्छ– सामन्तवादी विचार र साहित्य त्यसबेलाको नेपाल निम्ति अझै पुरानो र प्रतिक्रयावादी भइसकेको थिएन । (भानुभक्त जनताका लागि अभिशाप या वरदान, सङ्कलित रचना खण्ड—७)
अर्कातिर अर्का प्रगतिवादी समालोचक गोविन्द भट्टको उद्धरण उहाँले नै यसरी दिनु भएकोछ — (भानुभक्तको ) रामायण, भक्तिमाला र वधुशिक्षाले नेपाली जनताको निम्ति मुक्तिको ओखती न भएर दासत्वको बन्धन हुन पुगेको छ । यसरी भानुभक्त नेपाली जनताका लागि वरदान नभएर अभिशाप नै सिद्ध भएका छन् ।
यसरी प्रगतिवादी बुद्धिजीवीहरुको दुई ध्रुव नेपाली बौद्धिक क्षेत्रमा पनि देखिएको छ, जो सामन्तवादलाई उपर्युक्त स्थापित मान्यता विपरीत व्याख्या गर्दै आएको छ । सामन्तवादी युगका सामन्तहरु, राजाहरु र त्यस बेलाका समाजका सचेत शिक्षित वर्गले सामन्तवादी समाजको सभ्यताको स्तर, तत्कालीन आवश्यकता अनुरूपका काम गर्ने गर्दथे र उनीहरुले अघिल्लो दास प्रथाभन्दा सभ्य र आधुनिक पद्धतिको जीवन निर्वाह गरेका थिए । पहिलेभन्दा सोचाइमा परिष्कार थियो, भौतिक संरचनामा आधुनिक वैज्ञानिक दृष्टि अपनाइएको थियो । संरचनामा दिगोपना थियो । पहिलेभन्दा बर्बर बानी व्यहोरा हँुदैनथ्यो, सभ्यताको एउटा मापदण्डभित्र काम गरिन्थ्यो । उन्नत र आधुनिक उत्पादनका साधन र हतियारको प्रयोग हुनथालेको थियो । तर त्यो पुँजीवादी समाजको भन्दा पछौटे, बर्बर, क्रूर थियो । प्रगतिवादीहरुले अर्थात् पुँजीवादीभन्दा विकसित समाजवाद चाहनेहरुका लागि त त्यो सभ्यता प्रगतिशील हुने कुरै हुँदैन । सामन्तवादी प्रणालीमा सामन्तहरुले जे गरे त्यो सामन्तवाद प्रणाली अनुरूप, सोच अनुरूप थियो । पृथ्वीनारायण शाहले हामी अहिलेका नेपालीका लागि भनेर रजौटाहरुसँग युद्ध गरेर नेपाल बनाएका होइनन्, उनले त मुलुक आर्जेका मात्रै हुन् भनेर आफै स्वीकार गरेका छन् । उनले त नेपाल खाल्डो कब्जामा लिएर गोर्खा राज्यलाई धनी र शक्तिशाली बनाउने उद्देश्य राखेको कुरामा शङ्का छैन । नेपाल खाल्डो जित्न सुनकोसीसम्म कब्जा गरेपछि पूर्वका हरिनन्दन उपाध्यायले म पैसा खर्च गर्छु पूर्व पनि हान भनेपछि मात्र उनी पूर्व लागेका हुन् । भन्नुको तात्पर्य पृथ्वीनारायण शाहलाई मैले प्रगतिशील काम गरे भन्ने थिएन, बरु एउटा सामन्ती राजाले गर्नुपर्ने कर्तव्य गर्दैछु र गरे भन्ने थियो । अनि हामीले अहिले आएर किन उनलाई प्रगतिशीलताको घाँडो भिराइदिने ? तर जसरी शाहजहाँले आफ्नी प्रेमिकाका लागि बनाएको ताजमहल आज पनि मानव जातिले उत्कृष्ट संरचनाको रूपमा उपयोगी ठानेर स्वीकार गरेको छ, जसरी एक सामन्ती र यौनपिपासु राजा प्रताप मल्लले आफ्नै आनन्द र स्वार्थका लागि बनाएको रानी पोखरी हाम्रो सभ्यता र शोभा बनेको छ त्यसैगरी पृथ्वीनारायण शाहले युद्धबाट आफ्नै लागि एकीकरण गरेको गोरखाहरुको मुलुक आज सबैको लागि नेपाल स्वीकार्य बनेको हो र छ पनि । यसमा कहाँसम्म प्रगतिशील र कहिलेदेखि प्रतिक्रियवादी भन्ने कुनै सीमा रेखा कोर्नै सकिँदैन । यसैगरी भारत एकीकरण गर्ने पुँजीवादी उपनिवेशवादी इस्टइन्डिया कम्पनी चाहिँ प्रतिक्रियावादी र त्यसका विरुद्ध युद्ध गर्ने नेपालको सामन्तवादी राजतन्त्र चाहिँ प्रगतिशील भन्ने पनि प्रगतिशील लेखकहरुले भ्याएका छन् । तर प्रगतिशील शक्तिले किन युद्धमा हार खानुपर्यो, त्यसको मूल कारण खोजिएन नत स्वीकारियो । वास्तवमा त्यो युद्ध सामन्तवाद र पुँजीवादी उपनिवेशवादीबीच थयो । स्वाभाविक रूपमा पुँजीवादले जित्यो ।
लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समहरु सिद्धिचरणहरुले त्यो युगको प्रतिनिधित्व गरे । तिनलाई पनि हामीले प्रगतिशील कि प्रतिगामी भनेर कित्ताकाट गर्न आवश्यकता नै छैन । त्यसैगरी पुरानो सामन्तवादी नेपाली साहित्यका मूल प्रतिनिधि पात्र भानुभक्त आचार्य थिए । त्यसैले भानुभक्तले नारी मुक्तिविरोधी विचार दिएका थिए वा अध्यात्मवादको जरो गाडिदिए भनेर न हामीले अभिशापको रूपमा लिनु आवश्यक छ न त उनले अध्यात्मवाद अँगाल्नु त्यसबेला प्रगतिशील कदम थियो भनेर उनलाई क्रान्तिकारी बनाउनुपर्ने आवश्यकता छ ।
अब भानुभक्तको कुरा गरौँ । भानुभक्त पनि सामन्तवादी युगका एक लोकप्रिय नेपाली कवि हुन् । जसरी नेपालको पुरानो सामन्ती युगको सात सालमा अन्त्य भयो र अद्र्धसामन्ती दलाल पुँजीवादी प्रणाली विकसित भयो र यहाँको साहित्य कला र संस्कृतिमा ढुलमुले खिचडी विचार मूल प्रवाह बन्न पुग्यो । जस्तो लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समहरु सिद्धिचरणहरुले त्यो युगको प्रतिनिधित्व गरे । तिनलाई पनि हामीले प्रगतिशील कि प्रतिगामी भनेर कित्ताकाट गर्न आवश्यकता नै छैन । त्यसैगरी पुरानो सामन्तवादी नेपाली साहित्यका मूल प्रतिनिधि पात्र भानुभक्त आचार्य थिए । त्यसैले भानुभक्तले नारी मुक्तिविरोधी विचार दिएका थिए वा अध्यात्मवादको जरो गाडिदिए भनेर न हामीले अभिशापको रूपमा लिनु आवश्यक छ न त उनले अध्यात्मवाद अँगाल्नु त्यसबेला प्रगतिशील कदम थियो भनेर उनलाई क्रान्तिकारी बनाउनुपर्ने आवश्यकता छ । हाम्रो समाजमा जबसम्म सामन्तवादी संस्कार रहन्छ तबसम्म भानुभक्तको अध्यात्म रामायण लोकप्रिय नै हुन्छ, सामन्तवादी संस्कारकै कारण पृथ्वीनाराण शाहलाई महान राष्ट्रवादी प्रगतिशील देखेजस्तै । सामन्तवादी परम्परा विभिन्न रूपमा संस्कारका रूपमा हाम्रो अद्र्धसामन्ती समाजमा अझै हाम्रा कतिपय मन मस्तिष्कमा विभिन्न ढङ्गले जीवित छँदैछ । दौरा सुरुवाल मनपर्नु, लय हालेर रामायण पढ्नु यी हाम्रा संस्कृति पनि हुन्, सामन्तवादी संस्कार पनि । हुनसक्छ सामन्तवादका यी हाम्रा लागि धरोहर हुन् ।
अब प्रगतिवादी हुँ भन्ने लेखक र बुद्धिजीवीहरुले आफूलाई तिनै सामन्तवादीहरुलाई आफ्ना पुर्खा ठानेर तिनले खनेको बाटोलाई चिल्लो र फराकिलो बनाउने, नयाँ विचार र नयाँ दिशा पहिचान गर्ने दृष्टिकोण बनाउनुपर्दछ । दृष्टिकोण गलत भयो भने हामी प्रतिगामी बन्दछौँ । हामीले युगको प्रतिनिधित्व गर्न सक्नुपर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छठ पूजाका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट
-
चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु
-
पूर्वमुमा बडामहारानीको स्वास्थ्यमा सुधार, दैनिक अस्पताल जान्छन् ज्ञानेन्द्र
-
अमेरिकी राष्ट्रपति निर्वाचन : चिसोको बाबजुद बिहानैदेखि मतदान केन्द्रहरूमा लामो लाइन, फोटोहरू
-
बीपी राजमार्ग पुनर्निर्माणका लागि जापानको मुख ताक्दै सरकार
-
भ्लगर कार्की भन्छन्, ‘जिब्रो चिप्लियो, माफ गरिदिनुहोला’