विश्वलाई अर्को महामारीका लागि तयार रहन डब्लुएचओको चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य संगठनले विश्वलाई अर्को महामारीका लागि तयार रहन चेतावनी दिएको छ । संगठनका महानिर्देशक डा. टेड्रोस अडानोमले विश्वलाई अर्को महामारीका लागि पनि तयारी अवस्थामा बस्न आह्वान गरेका हुन् । उनले अब आउने महामारीका लागि मानव जातिले निकै लगानी लगानी गर्नुपर्ने अन्यथा कोरोनाको जस्तै अवस्था आउनसक्ने चेतावनी दिएका छन् ।
टेड्रसले मंगलबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा भने– ‘ अहिलेको महामारीका कारण विश्वभर २.७१ करोड मानिस संक्रमित भए र ८.८८ लाखभन्दा बढी मानिसहरुको मृत्यु भैसक्यो । कयौं देशहरुमा यो भयवाह रुपमा बढिरहेको छ । यसको नियन्त्रण गर्न पनि मुस्किल भैरहेको छ ।’ टेड्रोसका अनुसार इतिहासलाई हेर्दा यो नै अन्तिम महामारी होइन । उनले भने– ‘यो जीवनको सत्य हो र यो अन्त्य हुँदैन । अब अर्को महामारी आउनुअघि नै हामीले यसका लागि तयारी गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
प्रचण्ड–माधवलाई ओलीको चेतावनी– डम्बरुमाथि खतरा आए बघिनीले झाप्पु हान्छ