जापानमा हुने किक बक्सिङमा अविरलले भिड्ने
काठमाडौँ । युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्को भिडन्तमा सहभागि जनाउने भएका छन् ।
किक बक्सिङ खेलमार्फत जापानमा नेपाल र नेपालीको सान बनेर नेपाली झण्डा फहराउँदै आएका जुझारु युवा खेलाडी अविरल घिमिरेका आगामी भिडन्तका लागि तयारी भइसकेको बताइएको छ ।
जापानको टोकियोस्थित टोकियो टावरमा हुने चर्चित हित ४७ खेल आगामी सेप्टेम्बर १३ तारिक अर्थात भाद्र २८ गते जापानका चर्चित खेलाडीसँग हुँदैछ ।
७० केजी तौल समूहको हिट ४३ टाइटल उपाधिका लागि हुने आयोजकले बताएको छ । दर्जनौं पटक नकाउट हान्दै पहिलो स्थान हासिल गरेका २० वर्षीय घिमिरेले भने, ‘फेरि एक पटक जापानीज खेलाडीलाई हराई नेपालको झण्डा फहराउने लक्ष्य छ ।’
जापानी खेलाडी थातुयासँग हुने खेल १३ सेप्टेम्बर ३ बजे हुनेछ । कोरोना संक्रमणका कारण थोरै दर्शकमात्र प्रवेश गराउने अविरल घिमिरेका प्रशिक्षक उनका बाबू देव घिमिरेले बताए ।
१ मान, २ मान र ५ मान जापानी यन टिकट दर रहेको प्रतियोगितामा अन्य तौल समूहका उपाधिका लागि पनि भिडन्त हुनेछ ।
हरेक खेल हरेक तीन मिनेटको हुनेछ भने पाँच राउन्डसम्म खेलाडीहरूले प्रतिस्पर्धा गर्ने प्रशिक्षक घिमिरेले बताए । ‘नकाउट खेल भएका कारण प्रतिद्वन्द्वीले बीचैमा नकाउट हानेर लडाउन सके सो त विजयी हुनेछ,’ देव घिमिरेले भने ।
सो प्रतियोगिताहरू हेर्न जापानमा रहेका नेपालीको उल्लेख्य सहभागिता हुने गरेको थियो । तर यो वर्ष भने कोरोना संक्रमणका कारण कम दर्शक प्रवेश गराइने भएको छ ।
जापानमा रही बक्सिङको विशेष प्रशिक्षणमा रहेका घिमिरे काठमाडौँका चन्द्रागिरि नगरपालिका निवासी हुन् । आफ्नै पिताको निगरानी र प्रशिक्षणमा उनले अभ्यास गर्दै आएका छन् ।
उनले विभिन्न राष्ट्रका खेलाडीहरूसँग हालसम्म भएका १२ वटा अन्तर्राष्ट्रिय भिडन्तमा जीत आफ्नो पक्षमा ल्याउन सफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण