शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नाभाल्नीको स्वास्थ्य अवस्थामा सामान्य सुधार

मङ्गलबार, २३ भदौ २०७७, २२ : १८
मङ्गलबार, २३ भदौ २०७७

बर्लिन । रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीको स्वास्थ्यमा उल्लेखनीय रुपमा सुधार आएको छ । खानामा रसायन मिसाएर दिएपछि बेहोस भएका नाभाल्नीलाई उपचारका लागि हाल जर्मनीको एक अस्पतालमा भर्ना गरिएको छ ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक मानिने नाभाल्नीलाई उपचारका लागि अगष्ट २२ मा उपचारका लागि रुसबाट जर्मनी ल्याइएको थियो । 

जर्मनीका रासायनिक हतियार विज्ञहरुले गरेको परीक्षणमा ४४ वर्षीय नाभाल्नीलाई दिइएको खानामा सोभियतकालीन स्नायुसम्बन्धी तत्व मिसाएर दिइएको जनाएका छन् । जर्मन सरकारले गत साता रुसमाथि उक्त काण्डको विस्तृत अनुसन्धान गर्न आग्रह गरेको थियो ।  बर्लिनस्थित च्यारिटी अस्पतालले सार्वजनिक गरेको विज्ञप्तिमा नाभाल्नीलाई कोमाबाट मेकानिकल भेन्टिलेटरमा सारिएको उल्लेख छ । तर नाभाल्नीमाथि रसायनको असर के कस्तो रहन्छ भनेर अहिल्यै भन्न नसकिने अस्पतालले जनाएको छ । 

जर्मनीका अधिकारीहरुले गत साता नै नाभाल्नीमाथि नोभिचोक नामको रसायनबाट आक्रमण गरिएको जनाएका थिए । बेलायती अधिकारीहरुले पनि रुसी गुप्तचर सर्गेई स्क्रिपाल र उनकी छोरीलाई सन् २०१८ मा पनि विगतमा यही नोभिचोकबाट आक्रमण गरिएको बताएका छन् । जर्मनी झैं बेलायत, संयुक्तराज्य अमेरिकाले पनि उक्त घटनाप्रति आपत्ति जनाएका छन् । –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप