बुटवलमा बेसाहराको उद्धार र निशुल्क पिसिआर परीक्षण

बुटवल । बुटवलमा कोरोना थप नफैलिईयोस् भन्ने उदेश्यले सडकमा रात बिताउन बाध्य बेसाहराहको उद्धार गरि निशुल्क पिसिआर परीक्षण थालिएको छ । यद्यपि, बुटवललाई सडक मानवमुक्त घोषणा गरिसकिएको छ । घोषणा गरेयता सडकमा फेला पर्ने कुनै पनि बेसहारालाई तत्काल उद्धार गरिंदै आएको छ ।
बुटवल उपमहानगरपालिकाले आफन्तविहिन भएर सडकमा बेबारिसे जीवन बिताएका बेसाहराहलाई कोरोना संक्रमण हुनसक्ने र उनीहरुको जीवन रक्षा गर्ने उदेश्यले पिसिआर परीक्षण शुरु गरेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । २८ जना बेसाहराहरुको उद्धार गरि बुटवलस्थित मानव सेवा आश्रममा राखिएको प्रमुख सुवेदीले बताए ।
यसमध्ये आठ जनाको पिसिआर परीक्षण गरिएको छ । उनीहरूको रिपोर्ट आइसकेको छैन । उनीहरुलाई अलग्गै राख्ने व्यवस्था मिलाइएको छ । बुटवलभित्र कोही पनि अशक्त र रोगीहरु कोरोनाको जोखिममा नपरुन भन्ने उदेश्यले सडकमा बेसाहरा भएकाहरुको उद्धार र पिसिआर परीक्षण गरिएको हो ।
अहिलेसम्म आठ जनाको स्वाव संकलन गरि प्रयोगशालामा पठाइएको र रिपोर्ट नआउन्जेल छुट्टै आइसोलेशनमा राखिएको जनाइएको छ । उनीहरूमा त्यस्तो कुनै लक्षण नदेखिएको उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । पीपीई लगाएका उद्धारकर्ता र स्वास्थ्यकर्मीले मानवीय सहयोगका काम निरन्तर गर्दै आएका छन् ।
बुटवल उपमहानगरले बेसहाराहरुको उद्धार र व्यवस्थापनमा समेत सहयोग गरेको मानवसेवा आश्रम रुपन्देहीकी जिल्ला संयोजक सरु अधिकारीले जानकारी दिइन् । उपमहानगरले कोरोना महामारीबाट नागरिक बचाउने गरि पिसिआर परीक्षणलाई फराकिलो बनाएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् । यसअघि बुटवलमा मिर्गौलाको डायलासिस गराउँदै आएका र क्यान्सर रोगीहरुको निशुल्क पिसिआर परीक्षण गरिसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा हमासले इजरायलसामु राख्यो यस्तो शर्त
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज आउँदै, कस्तो होला महाप्रसादको अन्तिम नीतिगत निर्णय ?
-
ट्रम्पले चार भारतीय कम्पनीमाथि लगाए प्रतिबन्ध
-
चरनका लागि राखिएका मौरी
-
७ महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थको आयात
-
पञ्चेश्वर बहुउद्देश्यीय आयोजना : सात दशकपछि होला त ‘ब्रेक थ्रु’ ?