शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साउदीमा सरकारविरुद्व श्रमिकको नाराबाजी

मङ्गलबार, २३ भदौ २०७७, १९ : १५
मङ्गलबार, २३ भदौ २०७७

साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा आइतबार नेपाली श्रमिकले नेपाल सरकार र  साउदी दूतावासविरुद्व नाराबाजी गरेका छन् । 

रोजगारीका लागि साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनी पुगेका नेपालीहरुले महिनौंदेखि कामविहिन भएर अलपत्र परेको तर नेपाल फर्कन नपाएपछि नेपाल सरकार र नेपाली दूतावास साउदीविरुद्ध चर्को नाराबाजी गरेका हुन्।

कम्पनीबाट काम गुमाएर नेपाल फर्किन हवाई जहाज कुरिरहेका श्रमिक स्वदेश फर्किन नपाएपछि आफ्नै सरकारविरुद्ध आक्रोशित बनेका छन् ।अञ्जुलीमा ओभरसिजबाट साउदी गएका उनीहरु रियाद स्थित सामास्को नामको कम्पनीमा रोजगारीमा रहेका थिए । तर कोभिड १९ को महामारीका कारण ठूलो संख्यामा उनीहरु विगत ७ महिना रोजगारी गुमेका थिए।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत चर्को आलोचना गरेको भिडियोमा प्रष्ट सुन्न सकिन्छ।

नाराबाजी भएको साउदीको सेमास्को कम्पनीमा करिब १० हजार नेपाली काम गर्छन् भने त्यसमध्ये करिब ८ सय कामविहीन भएका छन् । स्वदेश फर्कन अपिल गर्दा दूतावासले तत्काल श्रमिकलाई पठाउन नसक्ने जानकारी  दिएसँगै श्रमिकहरुले आन्दोलन गरेको झापाका दमन अधिकारीले रातोपाटीलाई बताए।

उनले भने-हामीले सुरुमा कम्पनीमा आफ्नो समस्या राख्यौं।कम्पनीले सहज रुपमा नेपाल फर्काउन  लाग्दा दूतावासले प्रक्रिया नमिलेको भन्दै  रोक्दियो। नत्र आज हामी स्वदेश पुगिसक्ने  थियौं।

यता सरकारले कोरोना जाँच (पीसीआर) परीक्षण सहज नभएको भन्दै साउदी लगायत केही खाडी मुलुकमा चार्टर्ड उडान मात्रै गरिरहेको छ ।चार्टर्ड उडानको संख्या थोरै भएकाले अलपत्र हजारौं नेपाली कहिले घर फर्किन पाउँछन् भन्ने टुंगो छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप