बालिकामाथि जबरजस्ती करणी गरेको आरोप, आरोपित फरार

जनकपुर । धनुषामा एक बालिकालाई जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको छ । लक्ष्मीनिया गाउँपालिका वडा नम्बर २ स्थित सिनुरजोडाकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको घटना ३ दिनपछि मंगलबार सार्वजनिक भएको हो ।
भदौ २० गते शनिबार दिउँसो स्थानीय ५५ वर्षीय बुधुवा साहको किराना पसल नजिकै साथीहरुसँग खेलिरहेकी किशोरीलाई पसले साहले पसलमा बोलाएर जबरजस्ती करणी गरेको पीडित परिवारको आरोप छ । पीडितका बावुले छोरी पसल नजिकै खेलिरहेको बेला बोलाएर कोठामा थुनेर जबरजस्ती करणी गरेको बताए ।
घटनापछि प्रहरी घट्नास्थल पुग्दासम्म आरोपित फरार भएको धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । बालिकालाई मेडिकल जाँचका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउनुका साथै फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच आर्थिक चलखेल गरेर गाउँका केही व्यक्तिहरुले गाउँमै दवाउन खोजेको भन्दै विरोध प्रदर्शन भएको छ । नेकपाका प्रस्तावित जिल्ला कमिटी सदस्य लालजी साहको नेतृत्वमा स्थानीयले क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको अगाडी विरोध प्रदर्शन भएको छ । प्रदर्शनकारीले दोषीलाई पक्राउ गरि कारवाहीको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ताले गरिन् नेपाली युवकसँग विवाह
-
लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
-
ट्रम्पसँगको भेटलाई म्याक्रोँले भने ‘टर्निङ प्वाइन्ट’, युक्रेन मुद्दामा हात हाली
-
मे महिनामा मोदी रुस भ्रमणमा जान सक्ने
-
प्रत्यक्ष निर्वाचित कार्यकारी भएर बालेन नै आए पनि फरक पर्दैन : प्रचण्ड