काँग्रेसले बिपी जयन्ती विशेष रुपमा मनाउने

काठमाडौं । नेपाली काँग्रेसले जननेता बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती कोरोना भाइरस सङ्क्रमणको प्रतिकूलताबाट सुरक्षित रहँदै विशेषरुपमा मनाउने भएको छ । काँग्रेसले यही भदौ २४ गते तथा यही साताका फरक दिनहरूमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाउन जिल्ला र विदेशस्थित जनसम्पर्क समितिलाई परिपत्र गरिसकेको जनाएको छ ।
कोरोना प्रतिकूलताबाट सुरक्षित रहँदै स्थानीय परिस्थिति हेरी अनिवार्यरुपले भौतिक दूरी र अनिवार्य मास्क प्रयोग गरेर अथवा भर्चुअलरूपमा कार्यक्रम गर्न सूचित गरिएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । दिवसका अवसरमा राहत वितरण, मास्क वितरण, सचेतना कार्यक्रमसमेत समाविष्ट रहने पार्टी कार्यालयले जनाएको छ ।
केन्द्रीय तहबाट तीन दिने कार्यक्रम तय गरिएको र भदौ २४ गते जुम प्रविधिमार्फत सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेताले सम्बोधन गर्नुहुने ‘बिपीको विचार नेपालको समुन्नतिको मूल बाटो’ विषयक कार्यक्रम तय गरिएको छ । यसैगरी भदौ २५ गते ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा बिपीको योगदान’ विषयक कार्यक्रम तय गरिएको र पार्टीका उपसभापति विमलेन्द्र निधि एवं अन्य विज्ञहरु वक्ता रहेको काँग्रेसले जनाएको छ ।
भदौ २६ गते तय गरिएको ‘विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीति’ विषयक कार्यक्रममा बौद्धिक चिन्तकद्वय नरहरि आचार्य र प्रदीप गिरी वक्ता रहेका छन् । जुममार्फत हुने तिनै दिनको कार्यक्रम पार्टीको फेसबुक पेज (facebook.com/ nepalicongresshq) बाट प्रत्यक्ष प्रसारणसमेत गरिने पार्टी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु