शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओखलढुंगामा नयाँ ९ जना कोरोना संक्रमित थपिए

मङ्गलबार, २३ भदौ २०७७, १७ : ५३
मङ्गलबार, २३ भदौ २०७७

ओखलढुंगामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक स्वाब संकलन गरेर पठाइका ८१ मध्ये  १२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । संक्रमित हुनेमा एक पत्रकार, ६ जनप्रतिनिधि र ६ जना प्रहरी जवान रहेका छन् । पछिल्लो पटक स्वाब संकलन गरेर पठाइएका मध्ये जिल्ला समन्वय समितिका प्रमुखसहित उनका परिवारका तीन जना सदस्य, नेपाली काग्रेसका जिल्ला सभापति सहित एक पत्रकार र ६ जना प्रहरीमा कोरोना देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।

कोरोना पोजेटिभ भेटिएका मध्ये ९ जना नयाँ संक्रमित हुन् भने ३ जना प्रहरीमा दोस्रो पटकको परीक्षणमा पुनः पोजेटिभ देखिएको हो । संक्रमित हुनेमा सुनकोशी गाउँपालिकाका ५ जना, खिजिदेम्बा र मानेभज्याङका एक–एक जना र सिराहा र पाँचथरबाट आएका दुई प्रहरी रहेका छन् ।

 जिल्लामा यसअघि पोजेटिभ देखिएका ५ जना सक्रिय संक्रमितमध्ये २ जनाले कोरोनालाई जित्न सफल भएका छन् । मंगलबार आज कोरोना संक्रमित भेटिएकालाई नै रुम्जाटार स्थित आईसोेलेसन सेन्टरमा लगीएको स्वास्थ्य प्रमुख तिवारीको भनाइ छ । यो सँगै जिल्लामा कोरोना संक्रमित हुनेको हुनेको संख्या ४३ पुगेको छ । हालसम्म जिल्लाबाट १ हजार ४ सय ७९ जनाको पीसीआर परिक्षण गरिएको छ ।

यसैबीच संक्रमित बढेपछि स्थानिय प्रशासनले सतर्क रहन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले मंगलबार एक सूचना जारी गर्दै अतिआवश्यक काम बाहेक घरबाहिर ननिस्कन तथा भिडभाड नगर्न आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले समुदायस्तरमा कोरोनाको जोखिम बढेकाले भिडभाडयुक्त गतिविधि नगर्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप