आइसोलेशनबाट सांसद सुवालले भने–‘कोरोना रोक्न सिमानामा सेना पठाएको खै ?
काठमाडौं । नेपाल मजदूर किसान पार्टीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एकमात्र सांसद प्रेम सुवाल कोरोना संक्रमणपछि आइशोलेशनमा छन् । गत भदौ १५ गते संक्रमण पुष्टि भएपछि ९ दिनदेखि उनी अहिले आफ्नै घरमा डाक्टरसँग फोनमा परामर्श लिँदै छुट्टै बसेका छन् । सांसद सुवालले नेपालमा कोरोना भाइरस रोकथाम गर्ने हो भने भारतसँगको सिमाना पूर्णरुपमा बन्द गर्नुपर्ने बताएका छन् ।
कोरोना संक्रमणपछि सांसद सुवालको दैनिकी कसरी बितिरहेको छ त ? सांसद प्रेम सुवालकै शब्दमा :
कोरोना संक्रमणपछि आइसोलेशनमा बसेको ९ दिन भयो । मेरो स्वास्थ्य अवस्था ठीक छ, कुनै समस्या छैन । जनताको काममा गएको थिएँ । बैठक भेटघाट हुन्छ । मैले भेटेको एकजना साथीलाई संक्रमण भएछ, त्यसपछि कन्ट्रयाक ट्रेसिङमा चालिस पचास जना प¥यौँ । मलाई पनि संक्रमण देखियो ।
खास त्यस्तो समस्या नभएकोले अस्पताल गएको छैन, फोनमा डाक्टरहरुसँग कुराकानी गर्ने गरेको छु । हाम्रो पार्टीले निकाल्ने श्रमिक, मजदूर पत्रिका अध्ययन गर्छु । विभिन्न एफएम रेडियोमा समाचार सुन्छु । जनताको, साथीभाईहरुको फोन आउँछ । त्यतिकैमा दिन जान्छ । मेरो दैनिकी खानपान अघिपछिको जस्तै दाल भात तरकारी हुन्छ । लसुन अदुवा दाल तरकारीमा सँधै खाइ आएको कुरा हो । तातोपानी खाने गरेको छु । अरु जस्तै मलाई पनि १४ दिन बस्नुपर्छ भनेका छन् ।
कोरोना रोक्न भारतको सीमा बन्द गर्नुपर्छ
कोरोना रोक्नका लागि भारतसँगको खुला सिमाना रोक्नैपर्छ । नेपालीलाई स्वदेशमै रोजगारी दिनुपर्छ । अहिले भारत नै पहिलो हटस्पट बन्दै छ, नेपाली युवाहरु लाइनका लाइन गइरहेका छन् । यहाँ नेपालमा बस्न खान पाउँदैनन् के गर्ने ? त्यसकारण रोजगारी नेपालमै दिने, खुला सीमा बन्द गर्ने, भारतले पनि रोक्न सक्ने स्थिति छैन ।
त्यहाँ आधाभन्दा बढी गरिबहरु छन्, त्यति धेरै गरिबहरु भएको देशमा भारत सरकारले रोक्न सक्ने स्थिति छैन । हाम्रो खुला सिमाना रहिरह्यो भने भारतमा जति बढ्यो नेपालमा त्यति सर्छ । नेपालीलाई खान पुग्ने प्रकृतिले दिएकै छ, कृषिलाई प्राथमिकता दियो भने रोकथाम हुन्छ । यो सरकारले खुला सिमानालाई बन्द गर्न सकेन । नेपालीलाई रोजगारी नदिएर भारतमै पठाइरह्यो भने कोरोना रोकथाम होला जस्तो लाग्दैन ।
सीमानाबाट आउजाउ भइरहेको छ । कोही दिउँसै आउँछ, कोही राती आइरहेको छ । कोही मामाघर जाने, कोही यता माइती आउने भनिदिन्छ, यस्तो खुला सीमा राखेर यो कोभिड रोकथाम हुँदैन् । भारत अहिले धेरै संक्रमित हुने दोश्रोमा पुगिसक्यो भन्ने छ । कुन दिन संक्रमितको संख्या विश्वमै पहिलो नम्बरमा पुग्छ । नेपालमा खुला सिमाना रहँदासम्म त्यो नेपालमा फैलिइरहन्छ ।
त्यसैले सरकारले दिनुपर्ने प्राथमिकता भनेकै नेपालमै रोजगारी दिने, कृषिलाई प्राथमिकता दिने, खुला सिमा बन्द गर्ने काम गर्नुपर्छ । अहिले शहर बजारमा औद्योगिक सुरक्षामा सशस्त्र प्रहरी राखिएको छ । उनीहरुलाई किन सहर बजारमा राख्ने, सिमानामा पठाउनुपर्छ । नपुगे नेपाली सेनालाई पनि पठाउनुपर्छ । यसले सीमा सुरक्षा पनि हुन्छ, नेपाल र भारत दुबै देशको हित पनि हुन्छ । अहिले यस्तो संक्रमणको बेला पनि चेलीबेटी बेचबिखन, तस्करी भइरहेको कुरा आइरहेको छ ।
अस्तितिर समाजकल्याणले २०–३० जनालाई उद्धार ग¥यो भन्ने कुरा आएको थियो । सबै रोक्नका लागि खुला सीमा रोक्नैपर्छ । अहिले केही समयलाई नेपालभित्र पनि आउजाउलाई बन्द गर्ने, खुला सीमा पनि बन्द गरेपछि रोकथाम बिस्तारै हुन्छ । अर्थतन्त्रलाई चलायमान बनाउने भनेर निषेधाज्ञालाई खुकुलो पारेपछि संक्रमण झन् बढ्छ ।अर्थतन्त्र केही कर्पोरेटहरुका लागि फाइदाजनक पनि होला । काम गर्नुपर्ने कामदार, मजदूरहरुले आवतजावत गर्नुपर्छ । त्यसका लागि यातायात चलाउनु पर्यो । खुला सीमाना पनि राख्ने र यातायात पनि चलाउने हो भने संक्रमण बढेको बढेइ हुन्छ ।
आउजाउ गर्न दिने हो भने अस्तिको ४ महिनाको लकडाउन खेर गए जस्तै यो निषेधाज्ञा पनि खेरै जान्छ । लकडाउन गर्यो, खुला गर्यो, फेरि संक्रमण बढ्यो, निषेधज्ञा गर्यो, फेरि खुला गरेपछि यो खेर जान्छ । त्यसकारण १ नम्बरमा खुला सीमा बन्द, अर्को स्वदेशमा रोजगारी, कृषिमा ध्यान दिने, त्यसो गर्यौं भने हामी सुरक्षित हुन्छौँ र कोभिड १९ पनि बिस्तारै हराउँदै जान्छ । हामीले कसरी गर्ने भन्ने मोडल भारतबाट हैन चीनबाट सिक्नुपर्छ । कोरिया, क्युवाबाट सिक्नुपर्छ । भारतबाट सिक्न खोज्यो भने नेपालमा संक्रमणमा पर्छ ।
संकटमा सत्तापक्ष र प्रतिपक्षको मिलेमतो
कोरोना संकटका बेला भएको बेथितिको आवाज सांसदहरुले किन उठाउँदैनन् ? सिद्धान्तत संसद प्रतिपक्षहरुको र मन्त्री बाहेकको हो । अहिले बहुमत सांसद दुई तिहाई सरकारकै पार्टीको भएकोले सरकारलाई अप्ठेरो पार्ने काम सरकारी पार्टीका संसद सदस्यले पनि गर्दैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अहिले कुनै प्रभाव छैन । किन यस्तो भयो भने हिजो सत्तामा बसेको, भोलि फेरि सत्तामा जानुपर्छ किन कराउने ? कांग्रेसमा त्यो मानसिकता छ ।
२०४६ सालदेखिको हामीले अध्ययन ग¥यौँ भने सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच भागवण्डा भइरहेको पाइन्छ । पालैपालो सरकारमा जाने, जुन पार्टी सरकामा जान्छ, प्रमुख प्रतिपक्षी दलले अप्ठेरो नपार्ने त्यो अवस्था छ । अहिले पनि त्यसैको प्रभाव हो । अहिले यस्तो संकट भएपनि सत्तापक्ष त नकराउने नै भयो, प्रतिपक्ष त भोलिको सरकार आफ्नो हातमा आउँछ भन्ने आशामा छ ।
सरकारमा जाने, अनेक किसिमका काण्ड गर्ने, काण्डलाई मत्थर पार्ने पालैपालो भइरहेको हुनाले अहिले कोही बोलिरहेका छैनन् । हामीले २०४८ सालदेखिका प्रधानमन्त्रीहरुको फेहरिस्त बनायौं भने हरेक प्रधानमन्त्रीहरुको एउटा न एउटा काण्ड छ । मन्त्रीहरुको पनि त्यस्तै छ । सबै भित्रभित्रै दबाइएको छ ।
प्रस्तुति: शम्भु दंगाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : राष्ट्रिय सम्मानसाथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टिदेखि प्रधानमन्त्रीविरुद्ध दुर्गा प्रसाईंको प्रचारसम्म
-
कर्मचारीले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तालाबन्दी
-
स्पेनलाई ‘अन्तिम’ टुर्नामेन्ट जिताएर यात्राको विट मार्न चाहान्छन् नाडाल
-
प्रचण्डको चाइना कार्ड अभिव्यक्तिबारे बाबुरामको टिप्पणी : यो तहमा झर्नु दुर्भाग्यपूर्ण र लज्जास्पद !
-
प्रधानमन्त्री विरुद्ध नक्कली कागजात तयार गरी भ्रम छर्नु राष्ट्र र जनता विरुद्धको षडयन्त्र : महासचिव पोखरेल
-
पर्यटकीय गन्तव्य बन्दै श्रम संस्कृति पार्क