शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रियाले बयान फेर्दै पहिलो पटक स्विकारिन् लागुऔषधको प्रयोग, २५ बलिउड सेलिब्रिटीसँग सोधपुछ हुने

मङ्गलबार, २३ भदौ २०७७, १४ : १३
मङ्गलबार, २३ भदौ २०७७

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले रिया चक्रवर्तीसँग आज लगातार तेस्रो दिन सोधपुछ गरिरहेको छ ।

रियालाई आज ड्रग्सको मामिलामा दिल्लीबाट आएको एसआइटी समूहले सोधपुछ गर्दैछ । रियालाई शोविक र मिरान्डाको अगाडि राखेर सोधपुछ गरिएको पनि बताइएको छ । उनी आज पक्राउ पर्नसक्ने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

रिया चक्रवर्तीको घरबाट एनसीबीले लगेका विद्युतीय उपकरणले उनीबारे निकै ठूलो खुलासा गरेको छ । अनुसन्धानमा बताइए अनुसार सन् २०१७–२०१८–२०१९ मा रियाको ड्रग्स मण्डली निकै सक्रिय थिए । अनुसन्धान एजेन्सीले घरबाट लगेको विद्युतीय उपकरणमा ड्रग्सको मण्डलीसँग जोडिएका तस्बिर, भिडियो, ह्वाट्सएप च्याट, एसएमएस बरामद गरेको छ । यसमा बलिउडका २५ कलाकार पनि जोडिएका छन् । स्रोतका अनुसार एनसीबीले चाँडै नै यी बलिउड कलाकारलाई समन गर्नेछ ।

यसका साथै, रियाले सोधपुछको तेस्रो दिन आफूले ड्रग्स लिने गरेको कुरा स्विकारेकी छिन् । यसअघि रियाले आफूले कहिले पनि ड्रग्सको सेवन नगरेको बताउँदै आएकी थिइन् । रियाले ती बलिउड पार्टीको नाम पनि भनेकी छिन् जहाँ ड्रग्सको सेवन गर्ने गरिन्छ । एनसीबीले सुशान्तका सह–कलाकार र अभिनेतालाई पनि समन गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप