शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कौसीमा फल्न थाल्यो ड्रागन फ्रुट

मङ्गलबार, २३ भदौ २०७७, १३ : ५४
मङ्गलबार, २३ भदौ २०७७

काठमाडौं । तिव्र गतिमा बढीरहेको शहरीकरणले काठमाडौं उपत्यकामा खेतियोग्य जमिनको हिस्सा कम हुँदै गएको छ । उत्पादनका हिसाबले उर्भर भूमि मानिने उपत्यका अहिले कंक्रिटका घरहरुले भरिएको छ । तर उर्जाशील किसानहरुले यही कंक्रिटको राजधानीमा घरको छत र कौसीमा फलफूल र तरकारी उत्पादन गरेर राम्रो आम्दानी गरिरहेको उदाहरण पनि छ। 

बढ्दो सहरीकरण र जनसंख्याका कारण उब्जाउ हुने खेतियोग्य जमिन पाउनै मुस्किल पर्ने उपत्यकामा अहिले किसानहरुले घरको छतमै फलफूल र तरकारी खेती गरेर लाखौ आम्दानी गरिहेका हुन् । केही समय अघिसम्म आफ्नो आवश्यकता अनुसार घरको छतमा तरकारी फलाउँदै आएका किसाहरु अहिले छतमै ड्रागन फ्रुटको फलाइरहेका छन् । ड्रगन फ्रुटको खेतिबाट कोरोनाका कारण बेरोजगार बनेका युवाहरुलाई राहत दिने मात्रै नभएर खाद्यान्न संकट, भोकमरी र अनिकाललाई न्यूनीकरण गर्न सकिने ड्रागन फ्रुट व्यवसायी बासुदेव ढकालले बताए । 

खेतियोग्य जमिन मासिँदै गएपनि उपत्यकाका घरका ५० प्रतिशत छतहरुमा मात्रै ड्रागन फ्रुटको खेति गर्न सकिए १५ अर्ब बढीको उत्पादन हुने उनले बताए ।  रोपेको एक वर्षपछि उत्पादन सुरु हुने ड्रागन फ्रुट स्याउ, सन्तला, आँप कटहरु खेतिभन्दा सहज र बजारीकरणका लागि सरल हुने उनको भनाइ छ । वर्षेनी ठूलो मात्रामा बाहिरबाट आयात भइरहेको ड्रागन फ्रुटको खेति विस्तारका लागि सरकारले नीति तथा कार्यक्रम र बजेट मार्फत केही सम्बोधन गर्न खोजेको उनले बताए ।  राष्ट्र बैंकले समेत मौद्रिक नीति मार्फत विशेष गरी गरी कृषि क्षेत्र र ड्रागन फ्रुटको खेति प्रवद्र्धनका लागि कार्यक्रमहरु ल्याएर सहयोग गरेको उनले बताए । 

कोरोना भाइरसले सामाजिक र आर्थिक जीवनलाई आक्रान्त पारेको छ । काठमाडौं उपत्यकामा पनि दिनदिनै संक्रमितको संख्या बढ्दो छ । लाखौले रोजगारी गुमाएका छन् । यस्तो अवस्थामा घरको छतमा थोरै लगानीमा समेत गर्न सकिने ड्रागन फ्रुटको खेतिले स्वरोजगार बन्न मद्दत गर्छ । र वर्षेनी विदेशबाट हुने गरेको आयातलाई निरुत्साहित गर्दै आफ्नो उत्पादन विस्तार गरी देशको आर्थिकवृद्धिमा टेवा पु¥याउन सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप