आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक यातायात खोल्न माग गर्दै व्यवसायीे दिए विभागमा धर्ना (तस्बिरहरु)

मङ्गलबार, २३ भदौ २०७७, १३ : २४
मङ्गलबार, २३ भदौ २०७७

काठमाडौं । सार्वजनिक यातायात सेवा तत्काल खोल्न यातायात व्यवसायीले सरकारसँग माग गरेका छन् । मंगलबार यातायात व्यवस्थापन विभाग अगाडि धर्ना दिँदै व्यवसायीले यस्तो माग गरेका हुन् । लामो समयदेखि बन्द रहँदै आएको सार्वजनिक यातायात सेवा छोटो दुरीका साथै अन्तरजिल्ला, प्रदेश यातायात सेवा समेत खोल्न व्यवसायीले माग गरेका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघको नेतृत्वमा आन्दोलित व्यवसायीले विभागका महानिर्देशक गोगनकुमार हमाललाई ८ वुँदे मागपत्र समेत बुझाएका छन् । 

कोभिड–१९ का कारण लामो समयदेखि यातायात सेवा ठप्प हुँदा व्यवसायी गम्भीर संकटको अवस्थामा पुगेको र आवश्यकताका आधारमा सरकारले व्यवस्थापन गरेको होल्डिङ्ग सेन्टरबाट संचालित सिमित निजी सवारी सधानले समेत सहज सेवा दिनुको साटो उल्टो थप जटिलता ल्याउने काम गरेको भन्दै तत्काल सार्वजनिक सवारी साधन संचालनमा ल्याउन महासंघले माग गरेको छ । 

कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र(सीसीएमसी), काठमाडौं जिल्ला प्रमुख(सीडीओ) र ट्राफिक प्रहरी महाशाखालाई समेत उदृत गर्दै बुझाइएको पत्रमा महासंघले यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्न र तत्काल सवारी संचालन गर्न माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप