सरकारले भाद्र २५ गतेभित्र राजस्व उठाउने, बैंकलाइ सोही अनुसारको व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
सरकारले भाद्र २५ गतेसम्म राजस्व उठाउने भएको छ । २४ गते (भोलि) राति १२ बजेबाट निषेधाज्ञा खुला हुने र २५ गतेसम्म सबै खालका करहरु उठाउने सरकारी नीति छ ।
निषेधाज्ञाको भालिपल्टैबाट कर तिर्न सरकारले दबाब दिएको छ । भदौ २५ गतेभित्र तिर्नुपर्ने कर नतिरे कारबाही गरिने समेत आन्तरिक राजस्व विभागले बताएको छ । २५ गतेसम्म सरकारलाई बुझाउनुपर्ने अन्तशुल्क, आयकर, मूल्य अभिबृद्धि कर, बुझाउनुपर्नेछ ।
यता राष्ट्र बैकले पनि कर उठाउनका लागि २३, २४ र २५ गते राजस्व संकलन गर्ने सबै काउन्टर खुला गर्न निर्देशन दिएको छ । राजस्व संकलन गर्ने शाखा काउन्टर एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई खुला गर्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि स्थानीय निकायले निषेधाज्ञा तथा लकडाउन गरिरहेका छन् । यसै क्रममा कतिपय बैंकका शाखा कार्यालयहरु बन्द छन् । अब भदौ २३ देखि २५ गतेसम्म भने बैंकहरुले सबै काउन्टर खोल्नुपर्ने राष्ट्र बैंकको भनाइ छ ।
भदौ २५ गतेभित्र तिर्नुपर्ने कर नतिरे करदातालाई कानूनअनुसार जरिवानासमेत लाग्ने आन्तरिक राजस्व विभागले प्रस्ट्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव