शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुसमा बनेको भ्याक्सिन प्रभावकारी भएको दाबी कति दमदार ?

मङ्गलबार, २३ भदौ २०७७, १० : १८
मङ्गलबार, २३ भदौ २०७७

रुसका वैज्ञानिकले आफ्नो देशमा बनेको कोरोनाभाइरस भ्याक्सिनबारे पहिलो रिपोर्ट प्रकाशित गर्दै भ्याक्सिनको सुरुवाती परीक्षणमा यसले रोगबाट लड्ने प्रतिरोधी क्षमता विकसित गराएको जानकारी दिएका छन् ।

मेडिकल जर्नल द लान्सेटमा प्रकाशित रिपोर्टमा खोप परीक्षणमा भाग लिने सबै व्यक्तिमा कोरोनाभाइरससँग लड्नका लागि एन्टीबडी बनेको र यसले कुनै गम्भीर साइड इफेक्ट पनि नगरेको उल्लेख गरिएको छ ।

रुसले अगस्ट महिनामा नै स्थानीयका लागि यो भ्याक्सिन प्रयोग गर्न मञ्जुरी दिएको थियो । यससँगै अनुसन्धानको डाटा प्रकाशित हुनु अघि नै खोपलाई मञ्जुरी दिने रुस पहिलो देश बन्यो ।

यद्यपि, विशेषज्ञले भ्याक्सिनको परीक्षण निकै कम स्तरमा गरेकोले यो प्रभावकारी र सुरक्षित भएको प्रमाणित गर्न मुश्किल भएको बताए ।

तर रुसले आफ्नो परीक्षणको हालै प्रकाशित परिणामलाई आलोचनाको जवाफ बताएको छ । केही पश्चिम विशेषज्ञले जुन गतिले यो भ्याक्सिन बनाइएको छ, त्यसमाथि चिन्ता जताएका छन् र अनुसन्धानकर्ताले सायद पूरा प्रक्रिया पालना नगरेको पनि आशंका ती विशेषज्ञले गरेका छन् ।

गत महिना रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो भ्याक्सिनले सबै आवश्यक प्रक्रिया पूर गरेको बताउँदै उक्त भ्याक्सिन आफ्नी एक छोरीलाई समेत दिइएको दाबी गरे ।

रिपोर्टले के भन्छ ?

यो भ्याक्सिनलाई स्पुतनिक–भी नाम दिइएको छ । यो भ्याक्सिनको दुईवटा ट्रायल जून र जुलाईको बीचमा गरिएको थियो । द लान्सेटका अनुसार हरेक ट्रायलको क्रममा ३८ स्वस्थ स्वयंसेवकलाई भ्याक्सिन दिइयो र त्यसको तीन हप्तापछि बूस्टर भ्याक्सिन दिइयो ।

यी परीक्षणमा भाग लिनेहरुको उमेर समूह १८ देखि ६० वर्ष रहेको छ । उनीहरुलाई ४२ दिनसम्म निगरानीमा राखियो र तीन हप्ताभित्र सबैमा एन्टीबडी बिकसित भएको पाइयो । यद्यपि, लगभग सबैमा जुन सबैभन्दा सामान्य साइड–इफेक्ट पाइएको थियो त्यो टाउको र जोर्नी दुखाई थियो ।

तेस्रो चरणको ट्रायलका लागि करिब ४० हजार व्यक्तिलाई समावेश गरिन्छ । यी सबै भिन्न भिन्न उमेर र भिन्न भिन्न रिस्क ग्रुपका थिए ।

तर अझै लामो यात्रा गर्न बाँकी नै छः

फिल्लिपा रोक्स्बी, बीबीसी स्वास्थ्य संवाददाताः

बेलायतका केही वैज्ञानिकले ताजा नतिजाले निश्चित रुपमा उत्साह बढाएको बताए । यद्यपि, यसले अझै लामो यात्रा निश्चित गर्न बाँकी नै छ ।

भ्याक्सिनको फेज टुको ट्रायलमा सबैमा एन्टीबडी प्रतिक्रिया देखिएपनि यसको अर्थ यसले भाइरसबाट सुरक्षा दिन्छ भन्ने नै छैन । यो कुराको अझै पुष्टि हुन बाँकी छ ।

यो परिणामले हामी यो भन्न सक्छौं कि यो भ्याक्सिनको डोज १८ देखि ६० वर्षका स्वस्थ व्यक्तिमा ४२ दिनसम्म सुरक्षित देखिन्छ । तर कोरोनाभाइरसको अत्यधिक खतरा भएका ज्येष्ठ नागरिक र कुनै स्वास्थ्य समस्या जुधिरहेका मानिसहरुलाई यसले सुरक्षा दिन्छ त ? र भविष्यमा यो भ्याक्सिनले यी मानिसहरुलाई कहिलेसम्म सुरक्षित राख्न सक्छ भन्ने प्रश्नको जवाफ पनि पाउन सकिएको छैन ।

यो प्रश्नको जवाफ धेरैभन्दा धेरै परीक्षण र योजना नै नबनाएको परीक्षणमार्फत् मात्रै पाउन सकिन्छ ।

यहाँ यो बुझ्न जरुरी छ कि एउटा भ्याक्सिनको असर सबैमा एउटै हुन्छ भन्ने जरुरी छैन ।

कस्तो प्रतिक्रिया छ ?

भ्याक्सिन बनाउने क्रममा रुसी लगानी कोषका प्रमुख किरिल दिमित्रिकले एक पत्रकार सम्मेलनमा भनेका थिए, ‘यो रिपोर्ट ती हरेक व्यक्तिका लागि जवाफ हो जसले यसबारे शंका गरिरहेका थिए र रुसमा बनेको या भ्याक्सिनको आलोचना गरिरहेका थिए । ’

उनका अनुसार ट्रायलको अर्को चरणका लागि तीन हजार व्यक्तिलाई पहिले नै चयन गरिसकिएको छ ।

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले उच्च जोखिममा रहेकालाई ध्यानमा राख्दै नोभेम्बर वा डिसेम्बरसम्म भ्याक्सिन दिन सुरु गरिने जानकारी दिए ।

तर विशेषज्ञले भ्याक्सिन बजारमा ल्याउने बेलासम्म एउटा लामो यात्रा निश्चित गर्न अझै बाँकी भएको भन्दै चेतावनी दिएका छन् ।

लण्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा माइक्रोबायल प्याथोजेनेसिसका प्राध्यापक ब्रेन्डेन वेनले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘यो रिपोर्ट यस्तो छ कि जे छ राम्रो छ ।’

यस्तै विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरी करिब १ सय ७६ भ्याक्सिनमा काम चलिरहेको छ जसमध्ये करिब ३४ को मानिसमाथि परीक्षण परीक्षण गरिएको छ । यीमध्ये ८ वटा तेस्रो चरणमा छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप