शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मधुमेह छ ? यस्ता तरकारी आजैबाट खान थाल्नुहोस्

मङ्गलबार, २३ भदौ २०७७, ०९ : १७
मङ्गलबार, २३ भदौ २०७७

तरकारीबाट हामीले एन्टिअक्सिडेन्ट्स पाउँछौं । यसले हाम्रो शरीरको सुगर र स्वास्थ्य जटिलता कम गर्नमा सहयोग गर्छ । तर तरकारीका विभिन्न प्रकार हुन्छन् । एक प्रकारका तरकारीमा कार्बोहाइडेटको मात्रा अत्यधिक हुन्छ भने अर्को प्रकारको तरकारीमा निकै कम । यदि तपाईंलाई मधुमेह छ भने तपाईंले कार्बोहाइड्रेट कम भएका तरकारी खानुपर्छ । आज त्यस्ता तरकारीबारे कुरा गरौं ।

पालुङ्गोः

एक कप पालुङ्गोमा एक ग्राम कार्बोहाइड्रेट हुन्छ । मधुमेह भएकालाई पालुङ्गोले निकै फाइदा पुर्याउँछ । यसमा अत्यधिक एन्टिअक्सिडेन्ट पनि पाइन्छ जस्तै भिटामिन ए । तपाईं यसको ताजा पातलाई सलादको रुपमा पनि खान सक्नुहुन्छ वा यसलाई थोरै समयका लागि उमालेर थोरै नुन हालेर तरकारीको रुपमा पनि खान सक्नुहुन्छ । यो तपाईं अण्डासँग पनि खान सक्नुहुन्छ ।

गोलभेडाः

गोलभेडा मधुमेह रोगीका लागि सुपरफुड मानिन्छ । गोलभेडामा भिटामिन सीजस्ता एन्टि अक्सिडेन्ट पाइन्छ जुन तपाईंका लागि निकै लाभदायक हुन्छ । तसर्थ तपाईं गोलभेडालाई काटेर सलादको रुपमा पनि खान सक्नुहुन्छ वा त्यसलाई तरकारीको रुपमा पनि खान सक्नुहुन्छ । एक मध्यम आकारको गोलभेडामा ५ ग्राम कार्बोहाइड्रेट, १६.९ मिलिग्राम एन्टिअक्सिडेन्ट, भिटामिन सी र लाइकोपिन हुन्छ ।

ब्रोकलीः

यदि तपाईंले अहिलेसम्म ब्रोकली खानुभएको छैन भने यसलाई आफ्नो खानामा समावेश गर्नुहोस् । यो निकै कम कार्बोहाइड्रेट भएको तरकारी हो । एक कप ब्रोकलीमा पाँच ग्रामभन्दा पनि कम कार्बोहाइड्रेट हुन्छ । यसमा थुप्रै प्रकारको पोषक तत्व जस्तै भिटामिन सी, आइरन, फाइबर आदि हुन्छन् । तर यो बनाउँदा ओलिभ ओयल, एभोकाडो ओइल वा क्यानोला ओयलको मात्रै प्रयोग गर्नुहोला ।

बन्दाः

बन्दा पनि निकै कम कार्बोहाइड्रेट भएको तरकारी हो । यदि तपाईं आफ्नो भिटामिन ‘सी’ अथवा भिटामिन ‘के’ को आवश्यकता पूरा गर्न चाहनुहुन्छ भने बन्दालाई पक्कै पनि आफ्नो खानामा समावेश गर्नुहोस् । यो तपाईंका लागि निकै स्वस्थवद्र्धक छ र तपाईंको मधुमेहका लागि पनि फाइदाजनक छ ।

काउलीः

बन्दाका साथै काउलीलाई पनि मधुमेह रोगीले आफ्नो खानामा समावेश गर्नुपर्छ । यसमा पनि निकै कम कार्बोहाइड्रेट हुन्छ । एक कप काउलीमा पाँच ग्रामभन्दा पनि कम कार्बोहाइड्रेट पाइन्छ । यसमा लगभग ५१ मिलिग्राम भिटामिन सी र ६७ मिलिग्रामको फोलेट पाइन्छ ।

कुरिलोः

एक कप कुरिलोमा करिब ७ ग्राम कार्बोहाइड्रेट हुन्छ । यसमा भिटामिन ए र भिटामिन डीजस्ता पौष्टिक तत्व पाइन्छ । तसर्थ यो मधुमेह बिरामीका लागि निकै फाइदाजनक हुन्छ । तपाईं यो ओलिभ ओइलको प्रयोग गरेर पकाउन सक्नुहुन्छ । स्वादका लागि यसमा भिनेगर, एक चुट्की नुन र कालो मरिच पनि प्रयोग गर्न सक्नुहुन्छ ।

टुसा उम्रेका गेडागुडीः

अनुसन्धानका अनुसार पाकेको ताजा एक कप टुसा उम्रेका गेडागुडीमा १० ग्राम कार्बोहाइड्रेट हुन्छ । यसबाहेक यसमा ९५.५ मिलिग्राम भिटामिन सी, ४८८ मिलिग्राम पोटासियम र ४.०३ मिलिग्राम फाइबर हुन्छ । यो यसकारण पनि अत्यधिक लोकप्रिय छ किनभने यसले निश्चित रुपमा मधुमेहको स्तरलाई कम गर्ने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप