बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जनशक्ति व्यवस्थापनको ३६ वर्षे ‘नबिल इतिहास’, अहिले किन हुँदैछ परिमार्जन ?

नयाँ सोच, जोसजाँगर, प्रविधिको ज्ञान, दक्षता, क्षमता, उत्सुकता र सकारात्मक सोच भएका युवा नबिलको छनौट
मङ्गलबार, २३ भदौ २०७७, ०९ : २०
मङ्गलबार, २३ भदौ २०७७

रोजगारीका हिसावले बैंक तथा वित्तीय संस्था आकर्षणका केन्द्र मानिन्छन् । बैंक तथा वित्तीय संस्थाहरु खुल्ने क्रम बढेसँगै यो क्षेत्रमा धेरैको लगाव बढ्दै गएको देखिन्छ । कारण हो– आकर्षक सेवा सुविधा ।

यो क्षेत्रले लाखौंलाई रोजगारी प्रदान गरेको पनि छ । विशेषतः व्यवस्थापन संकाय अध्ययन पश्चात धेरै विद्यार्थी यो क्षेत्रमा होमिन्छन् ।

निजी क्षेत्रबाट सञ्चालित नेपालको पहिलो वाणिज्य बैंक हो ‘नबिल’ । र, बैंकिङ क्षेत्रमा रोजगारी चाहनेका लागि नबिल बैंक स्थापनाकालदेखि नै पहिलो रोजाइको बैंकमा पर्दै आइरहेको छ ।

यसको पछाडि नबिलले दिने आकर्षक सेवा–सुविधाबाहेक करिअर पनि मुख्य कारण रहेको छ । नबिलभित्रको बैंकिङ संस्कारले थुप्रै कर्मचारी ‘स्टार बैंकर’का रुपमा माथि आएका उदाहरण छन् ।

नेपालमा हाल सञ्चालित २७ वटा वाणिज्य बैंकमध्ये अधिकांशमा नबिलका उत्पादन भेटिन्छन्, चाहे त्यो कार्यकारिणी तहमा होस् या व्यवस्थापनका साना–ठूला तहमा । नबिल रोजगारीका लागि छनौटको केन्द्रमात्रै होइन, बैंकिङ संस्कारको जग भएको नबिल बैंकका ‘एचआर’ (मानव संसाधन) विभाग प्रमुख रोशन कोइराला बताउँछन् ।

विज्ञानका विद्यार्थी कोइरालाले कहिल्यै सोचेका थिएनन् बैंकर बन्छु भनेर । लहैलहैमा सुरु भएको उनको बैंकिङ यात्राले आज २६ वर्ष पार गरिसकेको छ । कोइराला भन्छन्, ‘यो त नबिलको देन हो । म बैंकर बन्छु भनेर नबिल छिरेको थिइनँ तर मलाई नबिलले व्यवसायिक बैंकर बनायो ।’

नबिलको ३६ वर्षे विरासतलाई उनी यसरी व्याख्या गर्छन्–

बैंकिङ संस्कार नै नबिलका कर्मचारीको वृत्ति विकासको आधार  

सन् १९८४ (वि.सं.२०४१) मा जब नबिल बैंक स्थापना भयो, त्यसको ९ वर्षपछि १९९३ मा नबिल बैंक छिरेका थिए रोशन कोइराला ।

स्नातक गर्दै गरेका कोइरालाले नबिलमा कर्मचारी आह्वान गरिएको थाहा पाए । बैंकको जागिर कस्तो हुने रहेछ भन्दै साथीहरुको लहैलहैमा निवेदन दिएका कोइराला आज नबिलको उच्चतम् पदमा पुगे ।

विज्ञानका विद्यार्थी कोइरालाले कहिल्यै सोचेका थिएनन् बैंकर बन्छु भनेर । लहैलहैमा सुरु भएको उनको बैंकिङ यात्राले आज २६ वर्ष पार गरिसकेको छ । कोइराला भन्छन्, ‘यो त नबिलको देन हो । म बैंकर बन्छु भनेर नबिल छिरेको थिइनँ तर मलाई नबिलले व्यवसायिक बैंकर बनायो ।’

नबिलभित्रको बैंकिङ संस्कार र आधुनिक बैंकिङ अवधारणाले आफूलाई सधैँ आकर्षित गर्ने गरेको उनी बताउँछन् । नबिलभित्र मिहिनेत, अनुशासन, सिक्ने र सिकाउने परिपाटी, इमान्दारिता र कर्तब्यवोधको गराउने कुराहरुले आफूसहित थुप्रै सहकर्मीलाई अगाडि बढ्न प्रेरित गरिरहेको उनको भनाइ छ ।

बैंकिङका थुप्रै विधामा आफुलाई निखार्ने अवसर नबिलले दिएको कोइराला बताउँछन् । उनले क्यास, रेमिट्यान्स, सिएसडी (कस्टमर सर्भिस डिपार्टमेन्ट), ट्रेड फाइनान्स (एलसी, ग्यारेन्टी, लोन), सेन्ट्रल क्रेडिट, शाखा कार्यालयहरुको प्रदेश प्रमुख हुँदै एचआर (मानव संसाधन) विभागको जिम्मेवारी सम्हालेका छन् ।

‘यहाँभित्र सिक्ने र सिकाउने जुन खालको परम्परा छ त्यसले मलाई हरेक विभागमा काम गर्न सहज बनायो,’ उनले भने, ‘१५ वर्षको जनरल बैंकिङ अनि ११ वर्ष ह्यूमन रिसोर्सको जिम्मेवारी सम्हाल्दासम्म बैंकबाट धेरै सिक्ने अवसर मिल्यो ।’

नयाँ पुस्तामा बैंकप्रतिको जुन मोह छ, त्यसलाई नबिलले केही हदसम्म सम्बोधन गरेको उनी बताउँछन् । उनले नबिल छिरेका थुप्रै युवा कुशल बैंकर बनेर निस्किएको देखेका छन् ।

नयाँ पुस्तामा बैंकप्रतिको जुन मोह छ, त्यसलाई नबिलले केही हदसम्म सम्बोधन गरेको उनी बताउँछन् । उनले नबिल छिरेका थुप्रै युवा कुशल बैंकर बनेर निस्किएको देखेका छन् ।

नबिलले हालसम्म २ हजार बढी बैंकर उत्पादन गरिसकेको छ भने बैंकमा हाल एक हजार एक सय २८ कर्मचारी स्थायी रुपमा कार्यरत छन् । सुरुवाती दिनदेखि कार्यरत केही कर्मचारीहरुले भने उमेरहदका कारण अवकास पाइसकेका छन् । नबिलबाटै बैंकिङ क्षेत्रको अनुभव लिएर अन्य बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत एवं बाहिर पुगेकाहरु पनि प्रशस्त छन् ।

कोइराला नबिलले आफ्ना कर्मचारीको सेवा र सुविधाका लागि कुनै कसर बाँकी नराख्ने नीति लिएको बताउँछन् । बैंकले कर्मचारीको वृत्तिविकासका लागि विभिन्न तालिमसँगै विभाग रोटेशन, सरुवालाई प्राथमिकता दिने गरेको छ । भिन्नभिन्न विभागहरुमा रोटेशन गरिरहँदा र एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्दा कर्मचारीले समग्र बैंकिङलाई बुझ्ने अवसर पाउँछन् । यस्तो अभ्यासले कर्मचारीलाई सवै विधाको जानकार र निपूर्ण त बनाउँछ नै, व्यावसायिक बैंकर बनाउन पनि मद्दत गर्छ ।

संस्थाको प्रगतिको मुख्य आधारशिला भनेकै कर्मचारी हुन् । त्यसैले पनि कर्मचारीको सुविधाका लागि नबिलले कहिल्यै सम्झौता नगरेको कोइरालाको भनाइ छ ।

नबिलबाट उदाएका स्टार बैंकर

नेपालको बैंकिङ क्षेत्रमा क्रियाशील थुप्रै चर्तित बैंकर नबिलका उत्पादन हुन् ।  सेलिब्रेटी बैंकर (बैंकिङ हिरो)को उपमा पाएका सिइओ अनिल केशरी शाहको बैंकिङ करियर नबिलबाटै सुरु भएको थियो । अध्ययनको शिलशिलामा उनले नबिलमै इन्टर्न गर्ने मौका पाएका थिए र पछि उनी त्यही बैंकमा सिइओ बन्न सफल भए । उनी दोस्रो पटक नबिल बैंकको सिइओको जिम्मेवारी सम्हाली रहेका छन् ।

नेपालको बैंकिङ क्षेत्रमा क्रियाशील थुप्रै चर्तित बैंकर नबिलका उत्पादन हुन् ।  सेलिब्रेटी बैंकर (बैंकिङ हिरो)को उपमा पाएका सिइओ अनिल केशरी शाहको बैंकिङ करियर नबिलबाटै सुरु भएको थियो ।

यसअगाडि नबिलका सिइओ रहेका शशिन जोशी उत्कृष्ट बैंकरमध्ये एक हुन् । त्यसैगरी, नेपालका बाणिज्य बैंकहरुको इतिहासमै पहिलो महिला सिइओ अनुपमा खुञ्जेली मेगा बैंकमा जानुअघि नबिल बैंकमै कार्यरत थिइन् ।

उता, सानिमा बैंकका सिइओ तथा बैंकर संघका अध्यक्ष भुवन दाहाल, नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सिइओ अनिल ज्ञवाली, सिद्धार्थ बैंकका सिइओ शम्भुनाथ गौतम, बैंक अफ काडमाण्डुका सिइओ सोभनदेव पन्त, सनराइज बैंकका सिइओ जनक शर्मा पौड्याल, मुक्तिनाथ विकास बैंकका सिइओ प्रधुम्न पोखरेललगायत बैंकर पनि नबिलकै उत्पादन हुन् ।

नबिल बैंकका हालका डेपुटी सिइओ विनयकुमार रेग्मीको बैंकिङ करिअर नबिलबाट नै सुरु भएको हो । नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सिइओ, डिसिइओ, सिनियर म्यानेजर, म्यानेजरलगायत उच्च तहमा नबिलकै उत्पादन पुगेका छन् । नेपालका बैंकिङ क्षेत्रमा रिसोर्स पुर्याउन नबिलको ठूलो योगदान छ भन्दा फरक पर्दैन ।

आधुनिक बैंकिङको सुत्रधार

नबिल बैंकलाई आधुनिक बैंकिङको सुत्रधार मानिएको छ । आधुनिक बैंकिङ पद्धतिको विकासमा नबिलको योगदानको चर्चा विगतदेखि नै हुँदै आएको थियो ।

३६ वर्ष अगाडि यूएईको इमिरेट्स बैंकको जोइन्ट भेन्चरका रुपमा नेपाल अरब बैंक स्थापना भएको थियो । इमिरेट्स बैंकमा आधुनिक बैंकिङ गरिरहेका केही दक्ष कर्मचारीहरु ल्याएर नेपालका केही युवाहरुलाई आधुनिक कम्प्यूटराइज बैंकिङको तालिम दिइ नेपालमा आधुनिक बैंकिङको अभ्यास गरियो । नबिलले गरेको त्यो अभ्यास नेपालका लागि विल्कुलै नयाँ र ग्राहकलाई विश्वास दिलाउन निकै कठिन पनि थियो ।

बैंकले उच्च तहमा इमिरेट्सका अनुभवी कर्मचारी तल्लो तहमा नेपाली युवाहरुलाई नियुक्त गर्यो । अन्तर्राष्ट्रिय बैंकिङ गरिरहेका अनुभवी कर्मचारीले नेपाली कर्मचारीलाई त्यहीअनुसारको बैंकिङ गर्न सिकाए । नयाँ बैंक, नयाँ प्रविधि, कम्प्यूटराइज्ड सिस्टम, विज्ञ कर्मचारी अनि तल युवा जोश, सुरुबाट नै हो नबिलले अन्तर्राष्ट्रिय स्तरको बैंकिङ गरेको ।

बैंकले उच्च तहमा इमिरेट्सका अनुभवी कर्मचारी तल्लो तहमा नेपाली युवाहरुलाई नियुक्त गर्यो । अन्तर्राष्ट्रिय बैंकिङ गरिरहेका अनुभवी कर्मचारीले नेपाली कर्मचारीलाई त्यहीअनुसारको बैंकिङ गर्न सिकाए । नयाँ बैंक, नयाँ प्रविधि, कम्प्यूटराइज्ड सिस्टम, विज्ञ कर्मचारी अनि तल युवा जोश, सुरुबाट नै हो नबिलले अन्तर्राष्ट्रिय स्तरको बैंकिङ गरेको ।

ग्राहकलाई विश्वासमा लिन नबिलले एउटा स्लोगन बनायो ‘Customer is always right’ (ग्राहक सँधै ठिक छन्) । यही मान्यताले आजसम्म पनि नबिल सर्वश्रेष्ठ बैंक रहँदै आएको छ । कर्मचारीको अथक मेहनतको फल नै आजको नबिल बैंक हो । प्रतिकुलतामा पनि अगाडि बढ्नुपर्छ र प्रतिकुलतालाई अनुकुलतामा बदल्नुपर्छ भन्ने सोचले नै नबिलको साखलाई अझ उचो पार्दै लगेको कोइराला बताउँछन् । 

नेपालका बैंकहरुले ढड्डाबाट कारोबार गरिरहेको अवस्थामा नबिलका कर्मचारीले कम्प्यूटराइज्ड सिस्टमबाट कारोबार गरे र सोही पद्धतिलाई अन्य बैंकले पनि विस्तारै अवलम्बन गर्दै आए । 

कर्मचारी छनौट र एचआर पोलिसी

नबिलले बैंकर बन्ने हुटहुटी भएका फ्रेस युवालाई भित्र्याउने र तिनलाई बैंकर बनाउने रणनीति लिँदै आएको छ । नयाँ सोच, जोसजाँगर, प्रविधिको ज्ञान, दक्षता, क्षमता, उत्सुकता र सकारात्मक सोच भएका युवा नबिलको छनौटमा पर्दै आएका छन् ।

कर्मचारी छनौटमा नबिलले फरक धार अवलम्बन गरेको पाइन्छ । नबिलले बैंकर बन्ने हुटहुटी भएका फ्रेस युवालाई भित्र्याउने र तिनलाई बैंकर बनाउने रणनीति लिँदै आएको छ । नयाँ सोच, जोसजाँगर, प्रविधिको ज्ञान, दक्षता, क्षमता, उत्सुकता र सकारात्मक सोच भएका युवा नबिलको छनौटमा पर्दै आएका छन् ।

कर्मचारी व्यवस्थापनबारे बैंकको आफ्नै सिद्धान्त छ । व्यावसायिक बैंकिङ गर्दै आएको नबिलले महिला र पुरुषमा कहिल्यै फरक नछुट्याएको कोइरालाको अनुभवले बताउँछ । उनी क्षमता र दक्षताको आधारमा सवैले समान अवसर पाउने गरेको बताउँछन् । सेवा सुविधा हेर्ने हो भने नेपालका अन्य बैंकहरुको तुलनामा उत्कृष्ट सेवा सुविधा नबिलले दिएको छ ।

नबिलले विश्वव्यापी अवधारणाअनुरुप एचआर पोलिसी बनाउने गरेको छ । बैंकको व्यावसायिक रणनीतिलाई एचआर रणनीतिसँग लिंक गर्दा एचआरको रणनीति बलियो हुने प्रमुख रोशन कोइराला बताउँछन् । प्राविधिक क्षमता, नयाँ कुरा सिक्न खोज्ने, डाटाबारे विश्लेषण गर्न सक्ने व्यक्ति बैंकको प्राथमिकतामा सँधै पर्ने गरेका छन् । व्यावसायिक नीतिसँग एचआरको नीति पनि आउने भएकाले कर्मचारीमा निहीत शक्तिलाई क्षमतामा विकास गर्नका लागि बैंकले हरसम्भव कोसिस गरिरहेको उनी बताउँछन् ।

त्यसैगरी, कर्मचारीको आन्तरिक क्षमता अभिवृद्धिका लागि बैंकले विभिन्न तालिम तथा क्षमता विकाससम्बन्धी कार्यक्रमहरु पनि गर्दै आइरहेको छ भने बैंकको माथिल्लो तहमा अन्य बैंकहरुबाट पनि कर्मचारी हायर गर्ने गरेको छ ।

रिसोर्स बैंक नबिलको माथिल्लो तहमा कर्मचारी हायर

बजारले लामो समयदेखि नबिलका कर्मचारी लैजाने काम गर्यो । जहाँ नयाँ बैंक खुल्छ, त्यहाँका उच्च पदमा प्रायः नबिलका कर्मचारी नै लगियो । पछिल्लो समय नेपालमा थुप्रै बाणिज्य बैंक, विकास बैंक, इन्स्योरेन्स कम्पनीहरु खुले । नबिलका थुप्रै उत्पादन वित्तीय क्षेत्रमा जहाँतहीँ छन् । तर नबिलले बाहिरबाट थोरैमात्र कर्मचारी लिएको देखिन्छ ।

पछिल्लो समय नबिलले बाहिरबाट कर्मचारी हायर गर्यो । सँधै फ्रेसलाई लिएर ब्राण्ड बनाउँदै आएको नबिलले किन बाहिरबाट कर्मचारी हायर गर्यो भन्ने हाम्रो प्रश्नमा एचआर प्रमुख कोइराला भन्छन्, ‘हामी एउटै वातावरणमा हुर्किरहेका छौं । नेपालका बैंकहरुमा हामीमात्रै क्षमतावान त होइनौं नि । नेपालमा धेरै क्षमतावान बैंकरहरु हुनुहुन्छ । क्रस पोलिनेशनका लागि पनि अन्य बैंकबाट केही बैंकरहरु हायर गरेका हौं । यसले नयाँ सोचको विकासमा, विचार आदानप्रदान गर्न, बैंकलाई गति दिनका लागि ठूलो भूमिका खेल्ने छ ।’

कोइराला थप्छन्, ‘नबिलमा सुरुवातदेखि कार्यरत थुप्रै क्षमतावान बैंकरहरु हुनुहुन्छ तर पनि केही नयाँ वातावरण सिर्जना गर्न, विचार मन्थन गर्न, टिमलाई अझ मजबुद बनाउन (बेन्च स्ट्रेन्थ बढाउन), बजारमा प्रतिश्पर्धामा जान र व्यवसायलाई अझ गति दिन पनि हायर गरिएको हो ।’

उनी थप्छन्, ‘नबिलमा सुरुवातदेखि कार्यरत थुप्रै क्षमतावान बैंकरहरु हुनुहुन्छ तर पनि केही नयाँ वातावरण सिर्जना गर्न, विचार मन्थन गर्न, टिमलाई अझ मजबुद बनाउन (बेन्च स्ट्रेन्थ बढाउन), बजारमा प्रतिश्पर्धामा जान र व्यवसायलाई अझ गति दिन पनि हायर गरिएको हो ।’

बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति भने बैंकको व्यावसायिक आवश्यकताअनुसार नै हुने गरेको छ । सिइओको नियुक्ति बोर्डले गर्ने भएकाले बैंक भित्रैबाट वा बाहिरबाट जताबाट पनि गराउन सक्ने भयो । प्रायः सिइओ बाहिरबाट नै नियुक्त गर्ने परम्परा नेपालको बैंक तथा वित्तीय क्षेत्रमा देखिन्छ ।

सेवा र सुविधा

नेपालका बाणिज्य बैंकहरुमा सवैभन्दा धेरै सेवा सुविधा पाउनेमा नबिलका कर्मचारी पर्दछन् । कोरोनाभाइरसको महामारीले थिलथिलो परेको अर्थतन्त्र र यसको प्रभाव सवै क्षेत्रमा परिरहँदा बैंक तथा वित्तीय संस्थामा भने न्यून प्रभाव देखियो । यो अवस्थामा पनि कर्मचारीहरुको अथक प्रयासले बैंकले सन्तोषजनक नाफा गर्न सफल भयो । बैैंकलाई महामारीले खासै असर गरेन बरु लगानीयोग्य रकम जम्मा हुँदा कहाँ थन्क्याउने भन्ने पिरलोमात्रै देखियो । व्यवसाय गर्दा अधिक तरलता वा तरलताको कमि हुने अवस्थामा विभिन्न आर्थिक गतिविधिले फरक पार्ने कोइराला बताउँछन् ।

यही बीच नबिल बैंकले आफ्ना कर्मचारीलाई सात महिनासम्मको तलब बराबर बोनस दिने निर्णय गर्यो । कर्मचारीलाई बोनसमात्र कहाँ हो र, इन्स्योरेन्स, बिरामी भत्ता, दशैं पेश्कीलगायतका थुप्रै सुविधा बैंकले उपलब्ध गराउने गरेको छ । नबिलमा कार्यरत जुनियर कर्मचारीले पनि मासिक ५० हजारको हाराहारीमा तलब पाउँछन् । यसबाटै अनुमान लगाउन सकिन्छ कि बैंकले कर्मचारीको सेवा सुविधामा कति ध्यान दिएको छ ।

अहिलेको विषम परिस्थितिमा पनि ग्राहक सेवालाई प्राथमिकतामा राखेर नबिलका कर्मचारी खटिइरहेका छन् । यता बैंकले उनीहरुको सुरक्षाका लागि कुनै कसर बाँकी नराखेको कोइराला बताउँछन् । उनी कर्मचारीलाई सुरक्षा उपकरणदेखि कसरी सुरक्षित र स्वस्थ रहने भन्नेबारे हरेक दिन सचेत गराउने, हरेक दिन कर्मचारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरेको बताउँछन् । लकडाउन र निषेधाज्ञासँगै ‘नबिल डिजि बैंक’ स्थापना गरेको र डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै बैंकले शाखा कार्यालयबाट पनि सेवा दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप