बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्जयले सुरु गरे फिल्मको सुटिङः नायकको रोगका कारण सेटमा कडा सुरक्षा, सबैको भयो कोरोना परीक्षण

मङ्गलबार, २३ भदौ २०७७, ०८ : ४३
मङ्गलबार, २३ भदौ २०७७

अभिनेता सञ्जय दत्तले सोमबारबाट फिल्म शमशेराको सुटिङ सुरु गरेका छन् । यशराज स्टुडियोको स्रोतलाई उद्धृत गर्दैै भारतीय सञ्चार माध्यमले यसको पुष्टि गरेको छ । यसैबीच शमशेराको सेटबाट सञ्जयको तस्बिर पनि सार्वजनिक भएको छ । कोरोनाभाइरस संक्रमण र सञ्जयको रोगका कारण सेटमा सुरक्षाको कडा प्रबन्ध मिलाइएको बताइएको छ ।

क्रुका हरेक सदस्यको कोरोना परीक्षणः

स्रोतका अनुसार शमशेराको सेटमा सञ्जुका लागि विशेष प्रबन्धको व्यवस्था गरिएको थियो । सेटमा अत्यधिक कम मानिसहरुको उपस्थिती थियो । जति पनि उपस्थित थिए उनीहरुको पहिले नै कोरोना परीक्षण गरिएको थियो र सबैको नतिजा नेगेटिभ आएको थियो । सबैले निकै सावधानीका साथ सुटिङ गरेको पनि बताइएको छ ।

८ अगस्टदेखि अहिलेसम्मको यात्राः

८ अगस्टमा सञ्जय दत्तलाई सास फेर्न समस्या भएको थियो । त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । यतिबेला उनकी श्रीमती मान्यता दुई सन्तानसहित दुबईमा थिइन् । ४ दिनपछि उनी अस्पतालबाट डिस्चार्ज त भए तर ११ अगस्टमा उनलाई फोक्सोमा क्यान्सर भएको खबर आयो । त्यसपछि उनी विदेशमा उपचार गर्न जाने अनुमान गरिएको थियो । हाल डा. जलिल पारकरले मुम्बईमा नै उनको उपचार गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप