शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा  एक  लाखको कोरोना परीक्षण

सोमबार, २२ भदौ २०७७, १९ : ४०
सोमबार, २२ भदौ २०७७

प्रदेश नं १ मा एक लाखभन्दा बढीको पिसिआर परीक्षण सम्पन्न भएको छ । स अहिलेसम्म एक लाख ३४८ जनाको परीक्षण गरिएकामा ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ  एवं चार हजार १७७ को पोजेटिभ आएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३४३, कोशी अस्पताल विराटनगरबाट २५ हजार ४३६, मेची अस्पताल झापाबाट दुई  हजार ८९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण सम्पन्न भएको छ । 

प्रदेशमा मोरङ जिल्लामा सबैभन्दा बढी ३१ हजार २६७ जनाको परीक्षण गरिएकामध्ये दुई हजार ४५ जनामा सङ्क्रमण देखिएको छ । यसैगरी सुनसरीमा २३ हजार ६७९ र झापामा २३ हजार ५८५ जनाको परीक्षण भएको  छ । 

प्रदेशमा अहिले चार प्रयोगशालाबाट पिसिआर परीक्षण हुँदै आएको छ । प्रदेशमा गत चैत १८, कोशीमा चैत २९, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा वैशाख १९ र मेची अस्पतालमा साउन ३० गतेदेखि पिसिआर परीक्षण शुरु गरिएको मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप