केन्द्रीय संस्करण

महिला लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट

person explore access_timeभदौ २२, २०७७ chat_bubble_outline0

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)को निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त गरेको छ ।

संस्थाको प्रति शेयर अंकित मूल्य रु. १०० दरका ४,००,००० कित्ता शेयर बराबर रु.४,००,००,००० साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)को निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र महिला लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.