एनआरआएन कोरियाको अधिवेशन : धाँधली भएको भन्दै असन्तुष्टि

काठमाडौँ । खसेको मतभन्दा उम्मेदवारहरुले पाएको मत बढि देखिएपछि एनआरएन कोरियामा विवाद शुरु भएको छ । गत आईतबार भएको अधिवेशनमा खसेको मत एक हजार ४१४ बताइएको थियो भने उम्मेदवारहरुले पाएको मत एक हजार ४२२ रहेको छ ।
निर्वाचन प्रक्रियाबाट असन्तुष्ट पक्षले निर्वाचनमा व्यापक धाधली भएको आरोप लगाएको छ । अध्यक्षका प्रत्यासी तिन उम्मेदवारहरुको कुल मत एक हजार ४२२ हुनुले निर्वाचन मण्डलले घोषणा गरेको निर्वाचनमा जालझेल भएको पुष्टि भएको असन्तुष्ट पक्षको भनाई छ ।
‘निर्वाचनको बन्द सत्र देखि अनेक अवैधानिक प्रकारले कार्य गर्दै आईरहेको निर्वाचन समितिले यति ठूलो त्रृटि गरेको पाइएपछि निर्वाचन प्रकृया पुर्ण अवैधानिक भएको छ ।’ आइसिसी प्रतिनिधीमा पराजित खेम कार्कीले भने ।
निर्वाचन समितीका संयोजक केपी सिटौलाले असन्तुष्टहरुको आरोपको कुनेै तुक नरहेको बताए । मत परिणाम घोषणा क्रममा त्रृटिवस एक हजार ४१४ उच्चारण भएको बताए । निर्वाचन समितीको दायित्व निर्वाचन विधिसंगतले सम्पन्न गर्नुरहेको बताउदै सिटौलाले सदस्यतता वितरण देखिका गलत परिपाटीको जवाफदेही निर्वाचन समिती नहुने बताए । एक हजार ४६७ मतमा एक हजार ४२२ सदर मत रहेको उनले प्रष्टाए ।
आइतबार सकिएको अधिबेशनमा लक्ष्मी लामा गुरुङले अध्यक्षका प्रत्यासी ओम जुग्जाली र जुनु गुरुङलाई हराउँदै विजयी भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म