बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘नोकिया ५.३’ नेपाली बजारमा, यस्ता छन् विशेषताहरु

सोमबार, २२ भदौ २०७७, १७ : ०७
सोमबार, २२ भदौ २०७७

काठमाडौं । नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रालिले ‘नोकिया ५.३’ बजारमा ल्याएको छ । 

नोकिया फोनको उत्पादक संस्था एचएमडी ग्लोबलका अनुसार यसमा विभिन्न प्रकारका मौलिक विशेषता तथा फिचर सहित बढी क्षमता समावेश गरिएको छ ।

‘नोकिया ५.३’मा विशेष खालको एआई क्षमताको क्वाड क्यामेरा (AI-powered quadcamera) समावेश गरिएको छ । शक्तिशालि क्वाड क्यामेराले वाइड एङ्गल र माइक्रोलेन्सबाट आकर्षक फोटो खिच्ने क्षमता राख्दछ । 
यसमा ६.५५” स्क्रीन भएकाले दिनभर अनलाइन भिडियो स्ट्रिमिङ र गेमहरु आरामसँग खेल्न सकिन्छ । ‘नोकिया ५.३’ मा राखिएको व्याट्री शक्तिशाली एवं बलियो भएकाले लामो समयसम्म टिक्दछ । ‘नोकिया ५.३’का मनमोहक डिजाइनहरु यस्को मूल धरोहरबाट प्रेरित छन् । 

प्रयोगकर्ताका लागि छिटो छरितोसँग मोबाइल चलाउनका लागि एण्ड्रोइड १० र गूगल एसिसटेन्ट को छुट्टै बटन रहेको छ । एचएमडी ग्लोबलका चीफ प्रोडक्ट अफिसर जुहो सर्भिकास भन्छन्, ‘नोकिया ५.३’ हाम्रो लागि बिशिष्ट रहेको छ, किनभने किफायति मूल्यमा पहिलो पटक धेरै उच्चकोटिका फिचरहरु समावेश गरिएको छ । 

यो फोन मार्फत हाम्रो लक्ष्य हाम्रा प्रयोगकर्ताहरुका लागि बिभिन्न तरिकाबाट कन्टेन्टहरु बनाउन र मनोरञ्जन लिन सकोस भन्ने हो । यसमा नोकियाले पहिलो पटक स्न्यापड्रागन ६६५ (Snapdragon 665) मोबाइल प्लाटफर्म र एआई क्षमताको क्वाड क्यामेरा (AI-powered quad-camera) समावेश गरेको ले यस्ले मनोरन्जनात्मक तथा रचनात्मक अवसरहरु प्रयोगकर्ताहरुमाझ पु¥याउने छ ।

यसमा रहेको क्वाड क्यामेराले हरेक क्षणलाई तस्बिर तथा भिडियोमा कैद गर्न सकिन्छ । यसमा रहेको १३ एमपी क्षमताको क्यामेराले कुनैपनि अवस्थामा उत्कृष्ट फोटो लिन सकिन्छ भने माइक्रो तथा अल्ट्रा वाइड लेन्सबाट क्लोजअप अथवा वाइड फोटो लिन सकिन्छ । साथै कम उज्यालोमा पनि चाहे जस्तो आकर्षक फोटो खिच्न सकिन्छ ।

‘नोकिया ५.३’ मा रहेको लार्ज स्क्रीनमा मूभि र एप्सहरु को बेग्लै रोमाञ्चक अनुभव हुनेछ । ६.५५” इन्च ठूलो स्क्रीन सजिलै हातमा बोक्न सकिने भएकोले भिडियो वा गेमहरु मजाले चलाउन सकिन्छ । नोकियाले आफ्नो मूल बिशेषता ‘दुई दिन व्याट्री लाइफ’ यसमा पनि निरन्तरता दिएको छ । यसकारणले व्याट्री धेरै समय टिक्छ र चार्ज पनि छिटो हुनेछ । यसमा ४००० एमएएचआरएआई असिस्टेड एडप्टिभ व्याट्री फिचर पनि रहेको छ । 

नोकिया ५.३ ले विश्वव्यापी बजार बनाएको छ र जम्मा २३ हजार चार सय ९९ रुपैयाँमा बजारमा उपलब्ध छ । नोकियाको निर्माता एच्.एम.डी ग्लोवलको कार्यालय फिनल्याण्डमा रहेको छ र यसले विभिन्न प्रकारका स्मार्टफोनका साथै टेवलोइट्स पनि उत्पादन गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप