महामारीमा नेपाली सेनाः २४ घण्टामा २२५ वेडको आइसोलेसन तयार (फोटोफिचर)

भक्तपुर । नेपाली सेनाले भक्तपुरमा २४ घण्टामा २२५ वेड क्षमताको आइसोलेशन वार्ड तयार गरेको छ । उपत्यकामा कोरोना संक्रमित बढेपछि संक्रिमित भएका सेना र आश्रित परिवारलाई राख्न सेनाले उक्त तयारी गरेको हो । सेनाले सैनिक आवासीय महाविद्याय सल्लाघारी र सूर्यविनायकस्थित वीरदल गणमा २४ घण्टामा आइसोलेसन वार्ड तयार पारेको हो ।
सैनिक आवासीय महाविद्यालय सल्लाघारीमा १५० वेड र सूर्यविनायकस्थित वीरदल गणमा ७५ वेड क्षमताको आइसोलेसन गरेर २२५ वार्ड तयार परिएको वीरदल गणका गणपति प्रमुख सेनानी शिवप्रसाद पौडेलले जानकारी दिएका छन् । आइसोलेसन व्यवस्थापन र सुरक्षाको जिम्मेवारी सेनाको उपत्यका पृतना अन्तर्गतको श्री वीरदल गणले गर्नेछ । फोहोर व्यवस्थान,खानपिन, सुरक्षालगायतमा सेना परिचालित हुनेछ ।
सैनिक आवासीय महाविद्यालय र सूर्यविनायकस्थित वीरदल गणमा रहेको आइसोलेसनमा डाक्टरसहित ५/५ जनाको स्वास्थ्य टोली रहने छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण उपत्यकामा बढेपछि संक्रमित भएका सेना र आश्रित परिवारलाई राख्न उक्त तयारी गरेको हो ।
उपत्यकामा हाल आइसोलेसन वेडको अभाव देखिन थालेकाले संक्रमित सेना र परिवारलाई अन्यत्र व्यवस्थापन गर्न सके ती स्थानमा सर्वसाधारणलाई राख्न सकिने भएकोले आइसोलेसन तयार पारिएको सेनाले जानकारी दिएको छ । तत्काललाई सेना र परिवारलाई राखिने भएपनि भविष्यमा भने सर्वसाधारणलाई समेत राखिने गणपति प्रमुख सेनानी पौडेल बताए ।सूर्यविनायकस्थित सेनाको आइसोलेनस वार्डमा अहिले ७५ जना संक्रमितलाई राखिएको समेत जानकारी सेनाले दिएको छ ।
हेर्नुहोस् भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विगतमा गरेको सङ्घर्ष र त्याग नबिर्सौँ : उपप्रधानमन्त्री सिंह
-
स्वास्थ्यमा समस्या आएपछि शिक्षामन्त्री पाँच दिनेदेखि अस्पतालमा
-
मधेसी एकता समाजले दुबईमा मनायो होली
-
फाइनलअघि ट्रफीसहित कप्तानको फोटो सुट
-
काठमाडौँ आउने तयारीमा मिटर ब्याज पीडित
-
नेपाल–इटाली सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गर्नुपर्नेमा जोड